Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रमिक, मजदुर परिवारको चुल्हो बाल्दै ‘बेटर व्रिक नेपाल’
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रमिक, मजदुर परिवारको चुल्हो बाल्दै ‘बेटर व्रिक नेपाल’

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
श्रमिक, मजदुर परिवारको चुल्हो बाल्दै ‘बेटर व्रिक नेपाल’
80
SHARES
ShareTweet

तरुण दल र नेविसंघले बाँडे १३० परिवारलाई राहत

कमल चौधरी




कपिलबस्तु, २९ बैशाख । कोरोना भाईरस (कोविड–१९) को कारण विश्वका धेरै देशहरु आतंकित छन् । कोरोना भाइरसको उच्च जोखिमवाट बच्न र यसको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि ‘लक–डाउन’ (बन्दा बन्दी) गरेपछि यातायातका साधन तथा बजारहरु पूर्ण रुपले ठप्प भएका छन् । आज लक डाउन भएको ४९ दिन पूरा भैसकेको छ ।
कोरोना भाइरसको त्रास संगै लकडाउनले आम समुदायमा निकै ठुलो प्रभाव पारेको छ । यो बेला अन्य वर्ग भन्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने श्रमिक वर्ग सवै भन्दा वढि मारमा परेका छन् । दिनभर मजदुरी गरेर जेनतेन छाक टार्ने वर्गको दिनचर्या असहज बन्दै गइरहेको छ ।
दैनिक ज्यालादारीमा ईट्टा उद्योगमा काम गर्ने श्रमिकहरुलाई पनि लकडाउनले चिन्तित बनाएको छ । रोजी रोटीका लागि भारत र नेपालका विभिन्न जिल्लावाट काम गर्न आएका मजदुरहरु यतिबेला उद्योगमै कहिले लकडाउन खुल्ने हो भन्दै दिनहरु कटाइ रहेका छन् । लामो समयको लकडाउनको कारण ईट्टा उद्योगमा काम गर्ने मजदुरलाई पछिल्लो समय दैनिक खानाको जोहो गर्न समेत निकै समस्या देखिन थालेको छ ।
उनीहरुको समस्यालाई मध्येनजर गरी ईट्टा उद्योगहरुमा शैक्षिक कार्यक्रम संचालन गर्दै आईरहेको ‘बेटर व्रिक नेपाल’ (विविएन) परियोजनाले कपिलबस्तु र रुपन्देहीका केही ईट्टा उद्योगहरुमा कार्यरत मजदुरहरुका लागि अहिले राहतका कार्यक्रम समेत संचालन गर्दै उनीहरुको चुल्होमा आगो बाल्ने काम गरेको छ ।
ग्लोबल फेयरनेस ईनिसियटिभ (जिएफआई) र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल (ईएसडिओ) को सहकार्यमा ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिका र श्रमिकहरुको क्षेत्रमा काम गर्दै आएको बेटर व्रिक नेपाल परियोजनाले अहिलेको विषम परिस्थितिमा राहत वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । श्रमिकहरुलाई खाद्यान्नको संकट पर्न थालेपछि परियोजनाले राहतको कार्यक्रम सञ्चालन गरेको हो ।
लकडाउनका कारण यातायतका साधनहरु बन्द भएका र जसका कारण उत्पादित ईट्टा बजारमा पु¥याउन नपाउदा उद्योगमा कार्यरत कामदाहरुलाई आवश्यक खर्च दिन पनि समस्या भएको हिमाल ईट्टा उद्योग कपिलवस्तुका संचालक युवराज क्षेत्रीले बताउनुभयो । पछिल्लो समय कपिलबस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जनमानसमा त्रास बढ्दै गएकोले कामदारलाई खर्च र खाद्यान्न ब्यवस्थापनमा थप समस्या भएको उहांले वताउनु भयो ।
कोरोना भाइरसको त्रासका कारण ईट्टा उद्योगमा उत्पादित ईट्टाहरु विक्री गर्न समस्या भैरहेको अवस्थामा बेटर व्रिक नेपाल परियोजना अन्र्तगत जिएफआई÷ एचयूको सहयोगमा ईट्टा उद्योगमा कार्यरत श्रमिक र बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरिएको छ ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको सहकार्यमा संचालित बेटर व्रिक नेपाल परियोजनाले उद्योगमा कार्यरत श्रमिक र उनका बालबालिकालाई राहत सामाग्री प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कपिलबस्तुका ४ वटा ईट्टा उद्योगका मजदुर र तिनका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
कपिलबस्तु जिल्लाका बाणगंगा नगरपालिका ५ मटेरिया स्थित हिमाल ईट्टा उद्योग, शुद्धोधन गाउँपालिका १ शोसा स्थित संमृद्धि ईट्टा उद्योग, महाराजगंज नगरपालिका–११ बनगाई स्थित जयसवाल ईट्टा उद्योग र बुद्धभूमि नगरपालिका–१० धनकौली स्थित आर.सी ईट्टा उद्योगमा कार्यरत ६ सय ९९ सय कामदार र २०६ बालबालिकाहरुलाई लक्षित गरी राहत सामाग्री वितरण गरिएको छ ।
संस्थाले श्रमिकहरुलाई २ लाख ३७ हजार १७८ रुपैयाँ बरावरको दाल, चामल, नुन, तेल, सोयविन, मसाला, आलु, विस्कुट, बेसार लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
राहत पाएपछि मजदुरहरु खुसी हुनुका साथै राहतको महशुस गरेका छन् । कैलाली निवासी मिठ्ठु चौधरीले संस्थाको सानो सहयोगले आफुहरुलाई ठुलो सहयोग मिलेको बताउनुभयो । मिठ्ठुको ५ जनाको परिवार शुद्धोधन गाउँपालिका स्थित संमृद्धि ईट्टा उद्योगमा ६ महिना देखि पथेरा (इट्टा वनाउने)को काम गर्दै आईरहेको छ ।


पटकपटकको बेमौसमी वर्षाका कारण समस्यामा ईट्टा उद्योगीहरु कोरेना त्रासका कारण गरिएको लकडाउनले थप आर्थिक समस्यामा परेका छन् । लकडाउन र पटक पटकको बेमौसमी बर्षाका कारण ईट्टा उद्योगीहरुलाई ईज्जत बचाउन समेत धौ–धौ भएको आर.सी. ईट्टा उद्योगका संचालक विष्णु पौडेलले वताउनु भयो ।
श्रमिकहरुको क्षेत्रमा काम गर्दै कामदारहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आईरहे घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले वेटर व्रिक नेपाल परियोजना अन्तरगत पहिलो चरणमा ४ वटा, दोश्रो चरणमा ३ वटा र तेश्रो चरणमा ४ वटा ईट्टा उद्योगहरुमा कार्यरत श्रमिकहरुलाई ७ दिन वरावरको खाद्यान्न सहयोग गर्ने योजना वनाएको छ ।

तरुण दल र नेविसंघले बाँडे राहत



नेपाल तरुण दल र नेविसंघ कपिलबस्तुले १ सय ३० विपन्न घर परिवारलाई राहत वितरण गरेकाछन् । लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई स्थानीय तहले दोस्रो चरणको राहत वितरण कार्य शुरु नगरेको अवस्थामा तरुण दल र नेविसंघले दोस्रो चरणको राहत कार्यक्रम सुरु गरेका हुन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३ वटा वडाका १ सय ३० बढि परिवारलाई राहत वितरण गरिएको नेपाल विद्यार्थी संघका क्षेत्रीय सचिव चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।
एकातिर कोरोना भाइरसको त्रास र अर्कोतर्फ लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिक, मजदुर र गरिब विपन्न परिवार र भाडामा वस्ने विद्यार्थीहरुलाई समेत राहत वितरण गरिएको तरुण दल कपिलवस्तुका सभापति शक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।
निरन्तर सामाजिक सेवामा क्रियाशिल नेपाली काँग्रेसको भतृ संगठन नेपाल तरुण दल र नेविसंघ कपिलबस्तुको पछिल्लो समय धेरै मानिसहरुले खुलेर प्रशंसा गर्न थालेका छन् । वडा कार्यलय र नगरपालिका राहत वितरण गर्न नपुगेको ठाउँमा नेविसंघ र तरुणदलले राहत वितरण गर्न सफल भएको जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरीले बताउनुभयो ।
वाणगंगा नगरपालिका ११ ओदारी, वडा नं. १० को पट्ना र मेचकुरी डाँडा, वडा नं. ५ को कोपवा र झण्डामा १ सय ३० बढि परिवारलाई नेविसंघ र तरुण दलले राहत स्वरुप दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री प्रदान गरेका छन् ।

≪ Previous Post

भावीयोजना : संमृद्धिका लागि विकास र विकासका लागि संमृद्धि

Next Post ≫

सीमानाकामा अलपत्र नागरिकलाई ततकाल उद्धार गर्न सत्ता वाहिरका दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क