Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाको औषधि पत्ता लागेको दाबी,विश्वभरी खुसीको लहर इबोला विरुद्धको औषधी रेमडेसिविर कोरोनाका लागि प्रभावकारी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको औषधि पत्ता लागेको दाबी,विश्वभरी खुसीको लहर इबोला विरुद्धको औषधी रेमडेसिविर कोरोनाका लागि प्रभावकारी

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
कोरोनाको औषधि पत्ता लागेको दाबी,विश्वभरी खुसीको लहर  इबोला विरुद्धको औषधी रेमडेसिविर कोरोनाका लागि प्रभावकारी
150
SHARES
ShareTweet

एजेन्सी न्युज १८ बैशाख
कोरोना भाइरससँग लडिरहेको विश्वका लागि खुसीको समाचार आएको छ । इबोला समाप्त पार्न तयार गरिएको औषधी रेमडेसिविर कारोना भाइरसका विरामीमा चमत्कारिक असर पारिरहेको अमेरिकी वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी वैज्ञानिकहरुको यो घोषणाले यो महामारीसँगको युद्धमा थप्प रहेको विश्वमा धेरै सास बढाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार डाक्टर एन्थनी फाउसीले भने – रेमडेसिविर औषधीले विरामी ठीक हुने समय स्पष्ट, प्रभावी र सकारात्मक प्रभाव देखाएको आंकडाले बताएको छ । रेमडेसिविर औषधी अमेरिका, युरोप र एसियाका ६८ स्थानमा १ हजार ६३ विरामीमा परिक्षण गरिएको उनले जानकारी दिए । यस परिक्षणमा रेमडेसिविर औषधीले यो भाइरसलाई रोक्न सक्छ भन्ने देखाएको उनले बताए ।

यसअघि रेमडेसिविर औषधी इबोलाको परिक्षणमा असफल भएको थियो । यद्यपी डब्ल्युएचओले पनि आफनो सीमित अध्ययनपछि वुहानमा यो औषधीले विरामीमा सीमित असर परेको बताएको थियो । वुहानबाटै कोरोना भाइरसको पहिलो संक्रमण आएको थियो । यसबीच रेमडेसिविर औषधीमा भएको यो ताजा शोधमा डब्ल्युएचओका वरिष्ठ अधिकारी माइकल रेयानले कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।

डाक्टर फाउसीको उक्त घोषणाले पुरै विश्वमा खुशीको लहर फैलिएको छ । उनले यो घोषणा गरिरहँदा कोरोना कहरले विश्वमा २ लाख २८ हजार २ सय ३९ को मृत्यु भइसकेको छ र ३२ लाख भन्दा बढी यस भाइरसबाट संक्रमित भइसकेका छन् । विगत २४ घन्टामा अमेरिकामा मात्रै २ हजार ५ सय २जनाको मृत्यु भएको छ । कोरोनाको गढ बनेको यस संक्रामक रोगबाट अमेरिकामा मर्नेको संख्या ६० हजार नाघिसकेको छ ।

रेमडेसिविर औषधी इवोला संक्रमणको उपचारमा औषधीका रुपमा विकसित गरिएको थियो तर यसबाट अरु पनि कयौं प्रकारका भाइरस मर्न सक्छ भन्ने थियो । अमेरिकाको वासिंगटन राज्यमा कोरोनासँगको युद्ध जित्ने एक महिलाले आफनो निजि अनुभव साझा गर्दै रेमडेसिविर औषधीको मद्दतले उनका पति कोरोना संक्रमणबाट ठीक भएकोे बताएकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्रम्पले घोषणा गर्दै भनेका थिए, रेमडेसिविर एक त्यस्तो औषधी हो जसबाट कोरोना समाप्त पार्न सक्ने संभावना देखिएको छ । यसअघि अमेरिकाको सिकागो सहरमा कोरोना भाइरसबाट गम्भिर रुपमा बिरामी परेका १ सय २५ जनालाई रेमडेसिविर औषधी दिइएको थियो जसमा १ सय२३ जना ठी भएका थिए ।

चीनले कोरोना भाइरस विरुद्ध सबैभन्दा उपयोगी मानिएको औषधीमा त्यतिबेलै पेटेन्ट गराउने प्रयास गरेको थियो, जब सबैभन्दा पहिला मानवबीचमा यो भाइरस फैलिएको पुष्टि भएको थियो । चीनका राष्ट्र्रपति सी जिनपिंगले जनवरी २० मा यो भाइरस मानव बाट मानवमा फैलिन सक्ने पुष्टि गरेका थिए

≪ Previous Post

बृद्धबृद्धाको सहयोगमा सेनाको गरुडदल गण

Next Post ≫

तिलोत्तमामा सुविधासम्पन्न मृगौला डायलाइसिस सेन्टर स्थापना हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क