तिलोत्तमा, १८ बैशाख । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा मृगौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ ।
७५ वटा डायलाइसिस मेसिन जडान गरिने डायलाइसिस सेन्टर नेपालकै सबैभन्दा बढी क्षमता र सुविधासम्पन्न हुने अस्पतालले जनाएको छ । बिगत पा“च वर्षदेखि मृगौलाका बिरामीहरुको उपचार र डायलाइसिस गर्दै आएको मुटु अस्पतालले हाल २० वटा मेसिनबाट चौविसै घन्टा सेवा प्रदान गरिरहेको छ । अस्पतालमा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु, अर्घाखा“ची लगाएतका जिल्लाबाट समेत डायलाइसिस गर्नुपर्ने बिरामीहरु आउने गर्दछन् ।
टाढाबाट आउने बिरामीहरुलाई रातीको समयमा डायलाइसिस सेवा लिन आउन र जान समस्या भएकोले तिलोत्तमा नगरपालिकामा नया“ डायलाइसिस सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनु भयो ।
सेन्टरको स्थापना पछि एच.आई.भि.र हेपाटाइटिसका बिरामीहरुले समेत डायलाइसिस सेवा प्राप्त गर्ने छन् । हाल एच.आई.भि.तथा हेपाटाइटिसका बिरामीहरुको मृगौलाको डायलाइसिस गर्नुपरे काठमाण्डौ जानुपर्ने बाध्यता छ ।
नया“ निर्माण हुने डायलाईसिस सेन्टरमा जडान गरिने ७५ वटा मेसिन मध्ये ६० वटा मेसिनबाट सामान्य अवस्थाका बिरामी र १० वटा मेसिनबाट एच.आई.भि.र हेपाटाइटिसका बिरामीको डायलाइसिस गरिने अस्पतालका वरिष्ठ मृगौलारोग बिशेषज्ञ डा.रजत कायस्थले जानकारी गराउनु भयो । उहांका अनुसार ३ वटा मेसिन संस्थापक सदस्य तथा विशिष्ट ब्यक्ति लागि र २ वटा मेसिन इमरजेन्सी कक्षमा जडान गरिने छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने उक्त सेन्टरबाट स्तरीय र भरपर्दो सेवा प्रदान गर्नुको साथै बिरामीको सुविधा तथा मनोरन्जनको लागि विशेष ध्यान दिइने अस्पतालले जनाएको छ । एकपटकमा डायलाइसिस गर्दा कम्तिमा ४ घन्टा समय लाग्ने भएकोले बिरामीहरुलाई सुविधायुक्त इलेक्ट्रिक बेड र हरेक बेडमा टेलिभिजन र वाइफाई जडान गर्नेगरीे योजना बनाइएको अस्पतालका अध्यक्ष आलमले वताउनु भयो ।
