Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा सुविधासम्पन्न मृगौला डायलाइसिस सेन्टर स्थापना हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा सुविधासम्पन्न मृगौला डायलाइसिस सेन्टर स्थापना हुने

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
तिलोत्तमामा सुविधासम्पन्न मृगौला डायलाइसिस सेन्टर स्थापना हुने
70
SHARES
ShareTweet


तिलोत्तमा, १८ बैशाख । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा मृगौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ ।
७५ वटा डायलाइसिस मेसिन जडान गरिने डायलाइसिस सेन्टर नेपालकै सबैभन्दा बढी क्षमता र सुविधासम्पन्न हुने अस्पतालले जनाएको छ । बिगत पा“च वर्षदेखि मृगौलाका बिरामीहरुको उपचार र डायलाइसिस गर्दै आएको मुटु अस्पतालले हाल २० वटा मेसिनबाट चौविसै घन्टा सेवा प्रदान गरिरहेको छ । अस्पतालमा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु, अर्घाखा“ची लगाएतका जिल्लाबाट समेत डायलाइसिस गर्नुपर्ने बिरामीहरु आउने गर्दछन् ।
टाढाबाट आउने बिरामीहरुलाई रातीको समयमा डायलाइसिस सेवा लिन आउन र जान समस्या भएकोले तिलोत्तमा नगरपालिकामा नया“ डायलाइसिस सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनु भयो ।
सेन्टरको स्थापना पछि एच.आई.भि.र हेपाटाइटिसका बिरामीहरुले समेत डायलाइसिस सेवा प्राप्त गर्ने छन् । हाल एच.आई.भि.तथा हेपाटाइटिसका बिरामीहरुको मृगौलाको डायलाइसिस गर्नुपरे काठमाण्डौ जानुपर्ने बाध्यता छ ।
नया“ निर्माण हुने डायलाईसिस सेन्टरमा जडान गरिने ७५ वटा मेसिन मध्ये ६० वटा मेसिनबाट सामान्य अवस्थाका बिरामी र १० वटा मेसिनबाट एच.आई.भि.र हेपाटाइटिसका बिरामीको डायलाइसिस गरिने अस्पतालका वरिष्ठ मृगौलारोग बिशेषज्ञ डा.रजत कायस्थले जानकारी गराउनु भयो । उहांका अनुसार ३ वटा मेसिन संस्थापक सदस्य तथा विशिष्ट ब्यक्ति लागि र २ वटा मेसिन इमरजेन्सी कक्षमा जडान गरिने छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने उक्त सेन्टरबाट स्तरीय र भरपर्दो सेवा प्रदान गर्नुको साथै बिरामीको सुविधा तथा मनोरन्जनको लागि विशेष ध्यान दिइने अस्पतालले जनाएको छ । एकपटकमा डायलाइसिस गर्दा कम्तिमा ४ घन्टा समय लाग्ने भएकोले बिरामीहरुलाई सुविधायुक्त इलेक्ट्रिक बेड र हरेक बेडमा टेलिभिजन र वाइफाई जडान गर्नेगरीे योजना बनाइएको अस्पतालका अध्यक्ष आलमले वताउनु भयो ।

≪ Previous Post

कोरोनाको औषधि पत्ता लागेको दाबी,विश्वभरी खुसीको लहर इबोला विरुद्धको औषधी रेमडेसिविर कोरोनाका लागि प्रभावकारी

Next Post ≫

बम विष्फोटमा परेर रोल्पामा चार वालवालिकाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क