Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रवास ≫ भारतीय हस्तक्षेप मान्य छैन : राजनीतिक दल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय हस्तक्षेप मान्य छैन : राजनीतिक दल

संसारपोस्ट संवाददाता · २८ बैशाख २०७७ · 0
भारतीय हस्तक्षेप मान्य छैन : राजनीतिक दल
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २८ बैशाख । नेपालको भूमिमाथि भारतले निरन्तर अतिक्रमण गरिरहेको नेकपा (मसाल)ले बताएको छ । भारतीय पक्षबाट नेपालको सार्वभौमिकता र अखण्डतामा खतरा रहेको मसालले बताउंदै आएको छ । पछिल्लो समय कालापानी क्षेत्रको लिपुलेक तथा लिम्पियाधुरामा नेपालको अनुमति वा सहमति बिना सडक खोल्ने कार्यले भारतले नेपालमाथि हस्तक्षेप गरेको पुष्टि भएको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बताउनु भएको छ । नेपालमाथि भएको हस्तक्षेपका बिरुद्द सबै नेपालीलाइ एक हुन मसालले आग्रह गरेको छ ।
यस्तै रुपन्देहीमा क्रियाशील नेकपा मसाल सहितका विभिन्न राजनीतिक दलले कालापानी क्षेत्रको लिम्पियाधुरामा भारतले सडक खोलेकोप्रति बिरोध गरेका छन् । नेकपा (मसाल) रुपन्देही, राष्ट्रिय जनमोर्चा रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी रुपन्देही, क्रान्तिकारी माओवादी रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी माले रुपन्देही, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देही, राष्ट्रिय जागरण परिषद नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमि माथि भारतीय हस्तक्षेप भएको भन्दै बिरोध गरेका छन् । नेपाली भूमिमा नेपालको सहमति बिना खोलिएको बाटो तत्काल बन्द गरी आफ्नो भूमिको संरक्षणका लागि कुटनीतिक पहल गर्न सरकारसंग रुपन्देहीमा क्रियाशिल राजनीतिक दलको माग छ । त्यस्तै नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त) र जनजागरण परिषद नेपाल लगायत केन्द्रिय १० दलले पनि संयुक्त विज्ञप्ती जारी गरी भारतीय हस्तक्षेपबारे तुरुन्त आफ्नो स्थिति स्पष्ट गर्नका लागि सरकारलाइ आग्रह गरेका छन् । रााष्ट्रियताको सवालमा संयुक्त आन्दोलन गर्दै आएका १० दलद्वारा जारी वक्तव्यमा ‘विवादलाई वार्ताको माध्यमद्वारा समाधान गर्ने कुरा भारतले बताइरहेको पृष्ठभूिममा कालापानी क्षेत्रमा भारतले नेपालको अनुमति वा स्वीकृति बिना निर्माण गरेको सडक उसको नेपालमाथि हस्तक्षेपको नांगो उदाहरण’ भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि भूमि बैंक

Next Post ≫

नगरपालिकालाई ५१ हजार प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क