बुटवल, ९ कार्तिक । आज नवरात्रीको नवौं दिन महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने यो पर्व दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिनुका साथै धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा […]
प्रदेश १
काठमाण्डौ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ । सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका […]
बुटवल २६ असोज लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले कोरोना कोभिड १९ को माहामारीको समयमा समाजमा बालबालिका विरुद्ध हुने घटनालाई न्यूनिकरण गर्न विशेष कार्यक्रम संचालन गरेको जनाएको छ । बालबालिका विरुद्ध विभिन्न किसिमका घटनाहरु हुने र हिंसामा पर्ने, विपदमा परि अकालमा मृत्यु हुने जस्ता घटनालाई न्यूनिकरण गर्नेको लागि प्रहरी विशेष कार्यक्रम ल्याई अभियानका रुपमा संचालन गरेको […]
बुटवल, १३ असोज । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको माग पुरा गरी जीवन सुरक्षाको ग्यारेण्टी गर्न स्वतन्त्र नागरिक समूहले नेपाल सरकारसंग माग गरेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नु भएको छ । काठमाण्डौमा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर […]
बुटवल, २ असोज । हिन्दू परम्परा अनुसार आज (शुक्रबार) बाट मलमास शुरु भएको छ । सौर्यमास अर्थात् संक्रान्ति देखि मसान्तभित्र दुईवटा औंशी पर्न गए या दुईवटा औंशीको विचमा सूर्य संक्रान्ति परेन भने यो महिना महिना अधिकमास हो । यसैलाई मलमास भनिन्छ । आजदेखि शुरु भएको मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने […]
बुटवल, २४ भदौ । आज १०७ औं बीपी जयन्ती, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर मनाउदै छ । काँग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने नेपाली कांग्रेस केन्द्रीय समितिले […]
बुटवल १३ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) माध्यमबाट स्रोहश्राद्ध गर्न गराउन व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरेको छ । एक जना पुरोहित स्रोहश्राद्ध कार्यमा एकैदिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यस पटक विषम् परिस्थितिका कारण यथाशक्य विद्युतीय माध्यमबाट स्रोहश्राद्ध गर्न नगरपालिकाले आग्रह गरेको हो । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारीको […]
बुटवल, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेका छन् । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं […]
बुटवल, ५ भदौ । हरितालिका तीज पर्व आज हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाईने यो पर्व आज हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी मनाउदैछन् । अघिल्लो दिन आडिलो, पोषक र शरीरलाई तागत दिने खालका खाद्यान्न (दर) खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत […]
बुटवल, ३ भदौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरु शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]