Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयल निगम ईआरपी प्रणालीमा : अब सबै काम अनलाइनबाट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आयल निगम ईआरपी प्रणालीमा : अब सबै काम अनलाइनबाट

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७८ · 0
आयल निगम ईआरपी प्रणालीमा : अब सबै काम अनलाइनबाट
90
SHARES
ShareTweet

बुुटवल, २७ साउन । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमका सबै कामलाई डिजिटलाइज गर्नका लागि गत वैशाख ३ गतेदेखि निगमले यो प्रणाली लागू गरेपनि पूर्ण कार्यान्वयनमा भने यही साउन १ गतेदेखि ल्याएको हो । यो प्रणाली अन्तर्गत देशैभरका निगमका डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा शुरु सुरु भएको निगमले जनाएको छ ।
निगमले यो ईआरपी (सफ्टवेयर) को सम्भावना, अवसर र चुनौतिका विषयमा देशभरका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुका लागि अभिमुखिकरण कार्यक्रम समेत संचालन गरेको छ । निगमका सम्पूर्ण कार्यलाई विद्युतीय प्रणालीमा लैजाने दिशातर्फ अगाडी बढेको निगमले यस विषयमा धनगढी, नेपालगञ्ज, दाङ र बुटवलमा पेट्रोलियम पदार्थको कारोवार गर्ने ब्यवसायीहरुका लागि अभिमुखीकरण गरेको छ ।
नेपाल आयल निगम प्रदेशिक कार्यालय भलवारी रुपन्देहीको आयोजना र पश्चिमान्चल पेट्रालियम डिलर्स एशोसिएसन रुपन्देहीको रुपन्देहीको समन्वयमा यस क्षेत्रका ब्यवसायीहरुलाई यस विषयमा जानकारी गराईएको हो ।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रालियम पदार्थ ढुवानी गर्ने ट्याँकरहरूलाई ईआरपी प्रणालीमा समेटेर जीपीएस जडान गरी अनलाइन प्रविधिमा निगरानी गरिने बताउनु भयो । उहांले यो प्रविधि जडान गरेपछि ढुवानीमा रहेका ट्याँकरलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुनुका साथै पेट्रोलियम पदार्थ भर्दा र खन्याउँदासम्मका गतिविधि निगरानी हुने बताउनु भयो ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले ईआरपी प्रणालीले दैनिक काम व्यवस्थित भई वित्तीय सुशासन समेत प्रभावकारी हुने वताउनु भयो । उहांले भन्नुभयो– ‘यो प्रणालीबाट सेवा प्रवाह पनि छिटोछरितो र प्रभावकारी हुने छ ।’
निगमका इआरपी परियोजना प्रमुख राजन नेपालले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चुहावट र मिसावट नियन्त्रण गर्न यसअघि निगमले अपनाएका विभिन्न विधिबाट अपेक्षा अनुसारको सफलता प्राप्त नभएपछि ईआरपी प्रणाली अवलम्बन गर्न लागिएको बताउनु भयो ।
कार्यक्रमका सभापति निगमका लुम्विनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रलयंकरलाल आचार्यले ईआरपीले निगमको कारोबार व्यवस्थित र पारदर्शी नाउनुका साथै नेपालको पेट्रोलियम पदार्थको बजारलाई समेत व्यवस्थित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपाने, पश्चिमाञ्चल ट्याँकर व्यवसायी संघका कोषाध्यक्ष धनेन्द्र पौडेललगायतले इआरपी प्रणालीको स्वागत गर्दै अब निगमको खातामा रकम जम्मा गरेर भौचर लिएर ट्याँकर डिपोमा आउनु पर्ने बाध्यताबाट ब्यवसायीहरु मुक्त हुने विश्वास ब्यक्त गर्नुभयो । उहांहरुले यो प्रणाली नयाँ भएकाले समस्या आउन सक्ने भन्दै यसलाई सहज बनाउन ब्यवसायीहरुलाई तालिमको ब्यवस्था गर्न निगमसंग माग गर्नुभयो ।
सोही अवसरमा आयल निगमको ब्यवस्थापन सुधार, ब्यवसायीहरुका समस्या समाधान र माग सम्बोधन गरेर उत्कृष्ट काम गरेकोमा कदर गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका तर्फबाट अध्यक्ष प्रेम न्यौपानेले निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई सम्मान गर्नुभएको थियो ।
रुपन्देहीको तिलोत्तमामा आयोजित अभिमुखीकरण कार्यक्रममा सबैभन्दा पहिला इआरपि प्रणालीमा दर्ता हुने यसक्षेत्रका जाफरी आयल स्टोर्स रुपन्देही, पहिलो बिल काट्ने त्रिनेत्रम पेट्रोलियम रुपन्देही, पहिलो विल भुक्तानी गर्ने रिजवन आयल ट्रेडर्स कपिलवस्तु र सबैभन्दा धेरै कारोबार गर्ने मिलन ब्रदर्श सप्लायर्स बुटवल रुपन्देहीलाई निगमका तर्फबाट सम्मान गरिएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

Next Post ≫

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क