Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७८ · 0
सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग
90
SHARES
ShareTweet

काउन रुपन्देही अध्यक्षमा सूूर्यदेव दास
बुटवल, २७ साउन । असंगठित क्षेत्रका मजदुरहरुको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन् । सामाजिक र आर्थिक रुपमा श्रमिक वर्गको सुरक्षाका लागि तत्काल सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुको माग छ ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) रुपन्देहीको बुधबार सम्पन्न २० औं वार्षिक परिषद् तथा चौथौ अधिवेशनमा बोल्ने मजदुर अगुवाहरुले श्रमिक वर्गको हितमा कार्यक्रम ल्याउन सरकारसंग माग गरेका हुन् । निर्माणको क्षेत्रबाट सदियौदेखि राज्य र सरकारलाई ठूलो सहयोग गर्र्दै आएको श्रपमिक वर्ग अहिलेपनि राज्य र सरकारबाटै उपेक्षित रहेको सरोकारवालाहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेवी गुरुङले सामाजिक सुरक्षा कार्यक्रम लक्षित वर्गसम्म नपुगेको बताउनु भयो । श्रमिक वर्गका समस्यालाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने केन्द्रिय अध्यक्ष गुरुङको भनाइ छ ।
उहांले सरकारले मजदुर वर्गको पक्षमा सामाजिक सुरक्षा कार्यक्रम लागु नगर्दा श्रमिक वर्ग सामाजिक र आर्थिक रुपमा अपहेलित हुनु परेको बताउनु भयो । काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले समाजले मजदुर वर्गलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोप्रति चिन्ता गर्नुभयो । असंगठित क्षेत्रका मजदुहरुले विरामी हुंदा र दुर्घटनामा परेको बेलामा पनि उपचार गराउन नसकेर ज्यान गुमाउनु परेको उहांले बताउनु भयो ।
नेपाल टे«ड युनियन कांगे्रसका लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद बेलवासेले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन भएमा श्रमिक वर्गले राहत पाउने बताउंदै श्रमको सम्मान गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
काउनका केन्द्रिय सदस्य नारायण सुनारले असंगठित क्षेत्रका मजदुहरुले विरामी हुंदा र दुर्घटनामा परेको बेलामा पनि उपचार गर्न नसकेर ज्यान गुमाउनु परेको अवस्था अहिले पनि कायमै रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । काउन बुटवलका निवर्तमान अध्यक्ष सूर्यदेव दासले सधैभर काम गरेर सांझ बिहान गुजारा चलाउने श्रमिक वर्गको जीवनमा परिवर्तन आउन नसकेको बताउनु भयो ।
कार्यक्रममा काउन महिला लुम्बिनी प्रदेश उपाध्यक्ष बेचुकुमारी चौधरी, काउन रुपन्देही निवर्तमान अध्यक्ष शुसिल घिमिरे, काउन सैनामैनाका अध्यक्ष पिताम्बर न्यौपाने लगायतले आआफ्ना भनाई राख्नुभएको थियो । काउन रुपन्देही अध्यक्ष बिरबहादुर लामाको अध्यक्षता, उपाधयक्ष हिराबहादुर थापाको स्वागत र कृष्णप्रसाद चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यसैविच बुधबार सम्पन्न काउन रुपन्देहीको चौथौ अधिवेशनले सूर्यदेव दास अध्यक्ष रहेको जिल्ला काउनको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको निर्वाचन समितिका प्रमुख खिमानन्द भट्टराइले जानकारी गराउनु भयो । समितिको उपाध्यक्षमा हिराबहादुर थापा, महिला उपाध्यक्षमा मोहिनी चौधरी थारु, सचिवमा सोम बहादुर थापा, कोषाध्यक्षमा नरसिंह राव र सह–सचिवमा इन्द्रराज चौधरी निर्वाचित हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा शारदा थारु, सदस्यमा भरत चौधरी र हद्धिष धोवी निर्वाचित हुनुभएको छ ।
११ सदस्यीय कार्य समितिको निर्वाचन गर्नुपर्ने विधानमा ब्यवस्था भएपनि दुई जना सदस्यको उम्मेदवारी नपरेको र दुई जना अध्यक्षले मनोनित गर्ने ब्यवस्था अनुसार अव चार जना सदस्य समितिले मनोनित गर्ने छ । यस्तै नवनिर्वाचित समितिले कृष्ण प्रसाद चौधरीलाई जिल्ला काउन रुपन्देहीको सल्लाहाकारमा चयन गरेको छ ।

≪ Previous Post

आयल निगम ईआरपी प्रणालीमा : अब सबै काम अनलाइनबाट

Next Post ≫

कर्तव्य ज्यान मुद्धाका फरार अपराधी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क