Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कर्तव्य ज्यान मुद्धाका फरार अपराधी पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर्तव्य ज्यान मुद्धाका फरार अपराधी पक्राउ

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७८ · 0
कर्तव्य ज्यान मुद्धाका फरार अपराधी पक्राउ
60
SHARES
ShareTweet

भैरहवा, २७ साउन । फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाको १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका अपराधीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले गएको बैशाख १ गते देखि रुपन्देही प्रहरीले ‘फरार प्रतिवादी बिरुद्धको अप्रेशन कार्यक्रम’ संचालन गरेको छ । यसै कार्यक्रम अन्तर्गत प्रहरीले हालसम्म जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका २३ जना फरार अपराधीहरुलाई पक्राउ गरिसकेको छ ।
यसै अभियान अन्तर्गत रुपन्देही जिल्ला अदालतको मिति २०७३ बैशाख ३० गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भई फरार रहेका जिल्ला रुपन्देही साविक बिष्णुपुर गा.बि.स.वडा न. ८ हाल गैडहवा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ७० को चिनक यादवलाई प्रहरीले पक्राउ गरेको छ । फरार अपराधीको अप्रेशन कार्यक्रम अन्तर्गत साउन २६ गते जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले यादवलाई निजको आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । निजलाई फैसला कार्यान्वयनको सिलसिलामा रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश भएकोमा उल्लेखित कैद भुक्तानको लागि आज जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग

Next Post ≫

लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क