Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७८ · 0
लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर
110
SHARES
ShareTweet

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्दै विपक्षी गठबन्धनमा रहेका चार दलका ४२ जना सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रदेशसभाका ४२ जना सांसदको समर्थन रहेको भन्दै विपक्षी गठबन्धनका संयोजक नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कानोडियाले प्रदेश प्रमुख शेरचनलाई सांसदहरुको हस्ताक्षर बुझाउनु भएको हो । केसीको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिन्हबाट नवलपरासीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हृदयश त्रिपाठी समूहमा रहेका अजय शाहीले हस्ताक्षर गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिनुभएको थियो । सोही अनुसार नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितका गठबन्धनले केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुहुने छ । मुख्यमन्त्रीको सपथ ग्रहण गरेर केसीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ । एमाले नेता शंकर पोखरेलले प्रदेशसभामा अल्पमतमा परेपछि बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

≪ Previous Post

कर्तव्य ज्यान मुद्धाका फरार अपराधी पक्राउ

Next Post ≫

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क