Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७८ · 0
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त
70
SHARES
ShareTweet

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज(बिहीबार) मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लुम्विनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केसीलाई नेपाली काँग्रेस, जसपा र जनमोर्चासमेतको समर्थन रहेको छ ।
प्रदेशसभामा अल्पमतमा परेपछि नेकपा एमालेका नेता शँकर पोखरेलले आफु विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावका लागि छलफल गर्न आह्वान गरिएको विशेष अधिबेशनकै दिन बुधबार पदबाट राजीनामा दिएपछि माओवादी नेता केसीले बिहीबार प्रदेश सभाका बहुमत ४२ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबीे प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री शँकर पोखेरलले बुधबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।
मुख्यमन्त्रीको राजिनामा पछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु–याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको थियो ।
सात सदस्यीय मन्त्री परिषद गठन

मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै रोल्पा १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य केसीले बिहीबार नै पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । सपथ लिए लगत्तै मुख्यमन्त्री केसीले आफ्नो नेतृत्वमा सात सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । मन्त्री परिषदमा नेकपा माओवादी केन्द्रबाट केसी सहित दुई जना, नेपाली काँग्रेसबाट एक, जनता समाजवादी पार्टीबाट तीन र स्वतन्त्र एक गरी सातजना सहभागि छन् । मन्त्रीमा नियुक्त तीन मन्त्रीलाई कुनै जिम्मेवारी नतोकी विना विभागीय मन्त्री बनाइएको छ ।
मुखयमन्त्रीले माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेटेर सात सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो । उहांले आफु सहित माओवादी केन्द्रबाट २, नेपाली काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्री हुनेहरुमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी (शहरी तथा ग्रामीण विकास), माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला तथा योजना), जसपाबाट सहसराम यादव (भौतिक पूर्वाधार मन्त्री) जसपाकै सुमन शर्मा रायमाझी (विना विभागीय), पुुर्मती ढेँगा (विना विभागीय) र स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही (विना विभागीय मन्त्री) बन्नु भएको छ ।
मन्त्री परिषदको पहिलो बैठक : बिभिन्न ८ वटा निर्णय
मन्त्री परिषद गठन गरेपछि मुख्यमन्त्री केसीको अध्यक्षतामा बिहीबार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपछि प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक बसेको हो ।
मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
यस्तै, बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोकेको छ भने मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

Next Post ≫

रेड पाण्डाको छाला र ब्राउन सुगर सहित ५ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क