Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रेड पाण्डाको छाला र ब्राउन सुगर सहित ५ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेड पाण्डाको छाला र ब्राउन सुगर सहित ५ जना पक्राउ

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७८ · 0
रेड पाण्डाको छाला र ब्राउन सुगर सहित ५ जना पक्राउ
100
SHARES
ShareTweet

कपिलवस्तु, २९ साउन । दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना कपिलवस्तुमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे बस्ने बर्ष २९ को खगेन्द्र पुरी, बर्ष ३२ को आशिष जोगी र बर्ष २६ को सौरब राजवंशी रहेका छन् ।
उनीहरुलाई लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले विहीबार सांझ ६ः३० बजेको समयमा जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.–४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट २ वटा रेड पाण्डाको छाला र एउटा रेड पाण्डाको पुच्छर सहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा परिचालित भएको प्रहरी टोलीले होटलको १०४ नम्वर कोठामा बसेका उनीहरुको शरिर र कोठामा खानतलासी गर्ने क्रममा रेड पाण्डाको छाला र २ वटा रेड पाण्डाको छाला र पुच्छर १ वटा बरामद गरी अबैध कारोवारमा संलग्न तीन जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ

यस्तै कपिलवस्तु प्रहरीले अबैध लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० बस्ने बर्ष ३९ को जिवन गुरुङ र सोही ठाउं बस्ने विजय सुनार रहेको प्रहरीले जनाएको छ । बिहीबार राति करिव ८ बजेको समयमा कपिलवस्तु नगरपालिका वडा नम्वर १ आन्दोलन चोकमा लागु औषध बिक्री वितरण गरिरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा खोज तलास गर्ने क्रममा लु २५ प २०६४ नं.को स्कुटीमा सवार गुरुङ र सुनार माथि शंका लागी रोकी खानतलासी गर्दा उनीहरुको साथबाट कालो प्लाष्टिकमा राखेको २ ग्राम ८८० मिलि ग्राम छाम्दा गिलो हेर्दा खैरो लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्रहरीले बरामद गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

परासीमा लागु औषध सहित २ जना पक्राउ

पश्चिम नवलपरासी प्रहरीले पनि लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ संगमटोलबाट दुई जनालाई लागु औषध सहित पक्राउ गरेको हो । प्रहरीले चेकजाँचको क्रममा लु १३ प ८२ नम्बरको स्कुटी सहित रामग्राम १ बस्ने सिकारी हरिजन र सम्भुप्रसाद चमारलाई लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २÷२ एमएलका नुफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल र डाईजोपाम ६० एम्पुल बरामद गरेको जनाएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त

Next Post ≫

शिक्षाका लागि रुपन्देहीको सेमरा माविका विद्यार्थीलाई रेडियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क