Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शिक्षाका लागि रुपन्देहीको सेमरा माविका विद्यार्थीलाई रेडियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षाका लागि रुपन्देहीको सेमरा माविका विद्यार्थीलाई रेडियो

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७८ · 0
शिक्षाका लागि रुपन्देहीको सेमरा माविका विद्यार्थीलाई रेडियो
70
SHARES
ShareTweet

तिलोत्तमा, २९ साउन । तिलोत्तमा नगरपालिकाको सेमरा बजार माविमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईमा पहुंच बढाउने उद्देश्यले रेडियो प्रदान गरिएको छ । सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नहुने र विद्यालयले संचालन गर्ने अनलाईन कक्षामा उनीहरु सहभागि हुन नपाउने अवस्थालाई मध्येनजर गरी विद्यार्थीहरुलाई रेडियो कक्षामा सहभागि गराउने उद्देश्यले रेडियो प्रदान गरिएको हो ।
विद्यालयमा निर्माण गरिएको सुबिधासम्पन्न कम्प्युटर तथा बिज्ञान प्रयोगशाला कक्षको उद्घाटन तथा सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विद्यार्थीहरुलाई रेडियो प्रदान गर्नुभएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
नगर प्रमुख घिमिरेले लियो क्लव अफ भलवारी सिटीलगायतका संस्थाले उपलब्ध गराएका रेडियो विद्यार्थीहरुलाई बाड्नुका साथै रेट्रोफिटिङ प्रबिधि मार्फत पुनर्निर्माण गरिएको विद्यालय भवनको समेत सुभारम्भ गर्नुभएको छ ।
सो अवसरमा बोल्दै प्रमुख घिमिरेले कोभिड महामारीका विद्यार्थीहरु लामो समयदेखि पढाईबाट बन्चित हुनुपरेको अवस्थामा विद्यार्थीहरुलाई नियमित पढाईसंग जोड्न रेडियो प्रभावकारी हुने बताउनु भयो । उहांले सबैतिर रेडियोको पहुंच भएकाले रेडियोबाट प्रसारित शैक्षिक लगायत अन्य शिक्षामुलक कार्यक्रम सहजै सुन्न र विद्यार्थीहरुको सिकाईमा समेत रेडियोले प्रभाबकारी भूमिका खेल्ने बताउनु भयो । उहांले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको अकर्षण बढाउन शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थी लक्षित कार्यक्रम संचलान गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष गणेश भण्डारी, प्रधानाध्यापक खेमराज पाण्डे लगायतले बोल्दै विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

≪ Previous Post

रेड पाण्डाको छाला र ब्राउन सुगर सहित ५ जना पक्राउ

Next Post ≫

फरार अपराधी पक्राउ अभियानको ४ दिनमै कपिलवस्तुमा २०७ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क