काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।
काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य यादव पक्षमा भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएको थियो ।
आयोगले पार्टीको आधिकारिकता सम्वन्धी विवाद निरुपण गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । आयोगले ‘हेड काउन्ट’ को आधारमा सनाखत गर्दा उपेन्द्र यादवको पक्षमा ३४ .सदस्यले हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ सदस्यले मात्र हस्ताक्षर गरेका थिए । थुनामा रहेका सांसद रेशम चौधरीले भने दुवै पक्षमा हस्ताक्षर गरेनन् ।