बुटवल, ११ साउन । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन् । ४५६ जनाको कोरोना परीक्षण गरिएकोमा ४६ जना नयाँ थपिएका छन् भने २६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४, तिलोत्तमा नगरपालिकामा १४, देबदह नगरपालिकामा ४, सिद्धार्थनगर नगरपालिकामा २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १÷१ जना संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार अद्यावधिक विवरण र हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३६३ रहेको छ ।