Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा चौध लाख बढिको अवैध मालसामान बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा चौध लाख बढिको अवैध मालसामान बरामद

संसारपोस्ट संवाददाता · १० श्रावण २०७८ · 0
रुपन्देही प्रहरीद्वारा चौध लाख बढिको अवैध मालसामान बरामद
80
SHARES
ShareTweet

बलेरो पिकअप गाडी र सामान कारवाहीको लागि भन्सार चलान
भैरहवा, १० साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रु.१४ लाख ४४ हजार मूल्य बराबरको अबैध माल सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको प्रहरी टोलीले शनिबार र आईतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा लु २ ख १२९९ नं.को बलेरो पिकअप गाडी सहित उक्त मूल्य बराबरको मालसामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनु भयो ।
प्रहरीले बलेरो पिकअप गाडीमा भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको २६ बोरा चिनी, १८ बोरा मटर, बिभिन्न किसिमका लत्ता कपडा, हुक्का स्मोक पाईप, हुक्काको आल्मिनियम ग्राईन्डर, हुक्का फेलेबर, हुक्का पाईप, हुक्का पेपर र मिनि हुक्का लगायतका बिभिन्न माल सामनहरु गरी अन्दाजी मूल्य रु. चौध लाख चवालिस हजार बराबरको अबैध सामान फेला पारी स्थानीय व्यक्तिहरुको रोहवरमा बरामद गरेको हो । बरामद गरिएका सामान र बलेरो पिकअप गाडी सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

भारतमा अलपत्र परेका चार बालबालिकाको उद्धार

Next Post ≫

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क