Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७८ · 0
नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया
80
SHARES
ShareTweet

छिमेकी देशहरुमा प्रवद्र्धनात्मक कार्य गर्न पर्यटन बोर्डलाई सुझाव
काठमाडौं, ५ साउन । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी गराउनु भएको थियो । उहांले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिनुभयो । डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउ‘ंदै बोर्डले दुतावासहरुसंग सहकार्य गरी पर्यटन प्रवद्र्धनका काम गर्ने बताउनु भयो ।
कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको बताउनुभयो । खोपको विकास र विस्तारसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उहाँहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिनुभयो । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वंशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकेको धारणा राख्नु भयो । बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुदिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिनसके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल लैजान सकिने बताउनु भयो । उहाँले लामो समय देखि हुन नसकिरहेृको उच्चस्तरिय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको बताउनुभयो ।
यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले सीमा पर्यटनलाई जोड दिन आवश्यक रहेको धारणा राख्नु भयो । उहाँले अंग्रेजी अन्तरराष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझ्नेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिनुभयो ।
भारत स्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले भाषा, धर्म, संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकोले प्याकेज सहितको बजारीकरणलाई जोड दिनुपर्ने बताउनु भयो । श्रीलँका स्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलँकाको लागि प्रमुख आकर्षण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताउनु भयो । उहाँले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलवार भारत, बंगलादेश, पाकिस्तान र श्रीलँकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भच्र्युअल अन्तरक्रिया गरेको थियो । बोर्डले यस अघि कोभिड महामारी बिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतरहरुसँग पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तरराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवल उवासंघमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति

Next Post ≫

तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क