Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उवासंघमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उवासंघमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७८ · 0
बुटवल उवासंघमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति
90
SHARES
ShareTweet

बुटवल, ५ साउन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा बिभिन्न बस्तुगत समिति गठन गरिएको छ । संघमा आवद्ध फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना ब्यवसाय गर्ने ब्यवसायीहरुको मंगलबार संघ कार्यालयमा बसेको बैठकले फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति गठन गरेको हो । ब्यवसायीहरुको बैठकले समितिका अध्यक्ष अमुल्यमान थैवलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बैठकले समितिको उपसभापतिमा शैलेन्द्र श्रेष्ठ, सचिवमा जयप्रकाश शर्मा, कोषाध्यक्षमा दिपककुमार श्रेष्ठ, सहसचिवमा रज्जक मुसलमान र सहकोषाध्यक्षमा खलिल मियालाई चयन गरेको छ । समितिको सल्लाहकारमा प्रभा गौतमलाई चयन गरिएको छ ।
नवगठित समितिलाई शुभकामना दिँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले हालसम्म गरेका गतिबिधिको बारेमा जानकारी गराउंदै संघका सदस्य व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाउन सम्वन्धित निकायमा पहल गरिरहेको बताउनु भयो । अध्यक्ष कसजुले संघले कोरोना महामारीका कारण धरासायी भएका उद्योग व्यबसायलाई राहत पुग्नेगरी सम्बोधन गर्न सरकारसंग पहल गरिरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकलाई दिईएको सुझाव अनुसार मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो ।
संघले उद्योगी व्यबसायीका समस्या पहिचान र समाधानमा सहयोग पुगोस भन्ने उद्देश्यले बस्तुगत समितिको अवधारणा ल्याएको बताउँदै उहांले ब्यवसायीका समस्या संस्थागतरुपमा समाधानका लागि संघमा जानकारी गराउन समेत नवगठित समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले बस्तुगत समितिले सम्बन्धित व्यबसायीका समस्या पहिचान गर्नुपर्ने र पहिचान भएका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने बताउँदै व्यबसाय प्रवद्र्धनको लागि संघलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
संघका कार्यसमिति सदस्य, फ्लोरिङ्, फर्निसिङ् तथा सिरकडसना बस्तुगत समितिका समन्वयकर्ता त्रिबिक्रम श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नवगठित समितिका सभापति अमुल्यमान थैवले गठित समितिको प्रत्येक महिनामा बैठक बस्ने र कार्यसमितिका पदाधिकारी सदस्यहरुले बैठकमा आउँदा व्यबसायमा देखिएका समस्या र समस्या समाधानको लागि के गर्न सकिन्छ ल्याउन आग्रह गर्दै बस्तुगत समितिबाट समाधान गर्न सकिने बस्तुगत समितिबाटै समाधान गर्ने र नसकिने समस्याहरु संघमार्फत पहल गरिने बताउनु भयो । बुटवल उद्योग बाणिज्य संघमा बाणिज्य तर्फ १८ वटा बस्तुगत समिति रहेका छन् ।

≪ Previous Post

एमाले तिलोत्तमाद्वारा सदस्यता नविकरण गर्न आह्वान

Next Post ≫

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क