Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले तिलोत्तमाद्वारा सदस्यता नविकरण गर्न आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले तिलोत्तमाद्वारा सदस्यता नविकरण गर्न आह्वान

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७८ · 0
एमाले तिलोत्तमाद्वारा सदस्यता नविकरण गर्न आह्वान
60
SHARES
ShareTweet

तिलोत्तमा, ५ साउन । नेकपा एमाले तिलोत्तमा नगर कमिटीले यही साउन १५ गतेभित्र संगठित सदस्यता नविकरण गर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ । नगर कमिटीको मंगलबार बसेको बैठकले सदस्यता नविकरणका लागि नगरका १७ वटै वडामा कार्यदल बनाउँदै १५ गतेभित्र नविकरण सक्न भनेको हो ।
यसका लागि सबै वडामा जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुले समन्वय गर्ने निर्णय पनि बैठकले गरेको एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले जानकारी दिनुभयो । बदलिंदो अवस्थामा एमाले तत्कालीन नेकपाको नयाँ स्वरुपमा पुनर्गठित भएको र यसैलाई आत्मसाथ गर्दै सदस्यता नविकरणमा केन्द्रित हुन पनि बैठकले सम्बद्ध सबैलाई आह्वान गरेको उहांले बताउनु भयो । बैठकलाई संबोधन गर्दै पार्टीका रुपन्देही जिल्ला संयोजक शिवराज सुवेदीले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । केन्द्रमा विवाद भएपनि त्यसको असर जनतामा नपरेको र जनतामा एमाले एक ढिक्का रहेको भन्दै उहांले जनभावना अनुसार अघि बढ्न पार्टी पंक्ति सदा तत्पर रहेको बताउनु भयो । बैठकमा जिल्ला कमिटीका सहसंयोजक तेजेन्द्र केसी, सचिव विश्वराज बराल, पार्टी नेताहरु यज्ञ गैरे, वासुदेव घिमिरे, श्याम खरेल, बुद्धिसागर भट्टराई, ज्येष्ठ कम्युनिष्ट मन्चका लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन ज्ञवाली, एमाले तिलोत्तमा नगर सचिव मिनप्रसाद पोखरेल लगायतले संगठित सदस्यता नविकरणसँगै पार्टी जनतामाझ जानुपर्ने र आगामी निर्वाचनको तयारीमा समेत जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

Next Post ≫

बुटवल उवासंघमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क