मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना
काठमाडौं, ५ साउन । बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चििम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ मौसम पूर्वानुमान
मौसम पूर्वानुमान बुलेटिन
जारी मितिः२०७८–०४–०५ बिहान ६ः०० बजे
मौसम विश्लेषण : मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।
हाल मौसमको अवस्था : हाल देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ साउन ५ गते ( मंगलबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी ÷ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी ÷धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ साउन ६ गते ( बुधबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी÷ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ साउन ७ गते ( बिहिबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी ÷ धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ ।