Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज ३९ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज ३९ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइंदै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७८ · 0
आज ३९ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइंदै
100
SHARES
ShareTweet

बुटवल, ६ साउन । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज उहांको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दैछ । स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस र भ्रातृ संस्थाहरूले आज विभिन्न कार्यक्रम गर्दैछन् ।
आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवसान भएको थियो । उहांको योगदानको स्मरणमा नेपाली काँग्रेसले प्रत्येक बर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर वीपीलाई स्मरण गर्ने गर्छ ।
जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो । उहां भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएर भारतीय नेताहरूसँगै जेल समेत पर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतिक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाउनु भयो ।
प्रजातान्त्रिक समाजवादका प्रवर्तक र साहित्यकारको रुपमा समेत परिचित कोइरालाका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् । बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।
३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले आज बृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । दिउसो १२ बजे तिलोत्तमा नगरपालिका–१७, वीपी ग्राममा आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा सहभागिहुन काँग्रेस सभापति अब्दुल रज्जाकले पार्टीका नेता, कार्यर्ता, भातृ तथा शुभेक्षुक संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिले पनि वीपी स्मृति दिवसको अवसरमा बुटवल वीपी चोकमा रहेको महामानव वीपी कोईरालाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखेको छ । ९ बजेका लागि राखिएको कार्यक्रममा कार्यक्रममा सहभागिताका लागि नगर उपसभापति विमलराज भट्टराईले आग्रह गर्नुभएको छ ।
यसैगरी वीपी कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज विहान नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३९ औं स्मृति दिवसमा कोईरालालाई स्मरण गर्दै उहांको तस्बिरमा माल्यार्पण गरेको छ । प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, नेता रामप्रसाद खनाल, काँग्रेस जिल्ला सदस्य लक्ष्मण आचार्य क्षेत्रीलगायतले वीपी कोईरालाको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । सोही अवसरमा प्रतिष्ठानको उत्तर तर्फ रहेको वीपी वाटिका(फूलवारी)मा विभिन्न फूलका विरुवा समेत रोपिएको छ ।

≪ Previous Post

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post ≫

आरन व्यवसायको आधुनिकीकरणको लागि व्यवसायीलाई आधुनिक औजार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क