Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आरन व्यवसायको आधुनिकीकरणको लागि व्यवसायीलाई आधुनिक औजार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आरन व्यवसायको आधुनिकीकरणको लागि व्यवसायीलाई आधुनिक औजार

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७८ · 0
आरन व्यवसायको आधुनिकीकरणको लागि व्यवसायीलाई आधुनिक औजार
70
SHARES
ShareTweet

तिलोत्तमा, ७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ । पछिल्लो समय आरन व्यवसाय लोप हुँदै गएकोले ब्यवसायको संरक्षण र त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले ब्यवसायमा संलग्न ब्यवसायीहरुलाई विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो ।
कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवापुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु उपलब्ध गराएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो । त्यस अवसरमा नगर उप–प्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तिकरणका अन्य कार्यक्रमहरु सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले परम्परागत पेशाको संरक्षणसँगै यो पेशा–व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा नगर क्षेत्रका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।
नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डर लगायतका औजार प्रदान गरेको हो । पुर्खौंदेखि आरनको कामगर्दै आएपनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नं. ११ का कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।
कार्यपालिका सदस्य एच. बि. रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय संकटमा पर्दै गएको पाइएपछि युवाहरुलाई समेत यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताउनुभयो ।
एक दशक अघिसम्म प्रायःगाउँमा रहेका आरन व्यवसायीहरु पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा संलग्न रहेको अनुमान छ ।

≪ Previous Post

आज ३९ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइंदै

Next Post ≫

गृहमन्त्री खाँणद्वारा रुपन्देहीको अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क