देवदह, २५ पुस । सामुदायिक वनका उपभोक्ताहरुले सरकारले वनका उपभोक्ताको हित हुनेगरी उपभोग नीति ल्याउनुपर्ने माग गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको रोहिणी सामुदायिक वनका उपभोक्ताहरुले वनका ढलापडा काठ उपभोक्ताले उपभोग गर्न पाउनुपर्ने माग गर्दै यसका लागि सरकारले उपभोग नीति ल्याउनुपर्ने माग गरेका हुन् । रोहिणी सामुदायिक वन उपभोक्ता समितिको छैटौ वार्षिक साधारण सभामा बोल्ने […]