Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कांग्रेस नेताको चेतावनीः राष्ट्रपतिलाई सबैको साझा बन्न र पदिय मर्यादा कायम राख्न आग्रह,नत्र राजिनामा दिन माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कांग्रेस नेताको चेतावनीः राष्ट्रपतिलाई सबैको साझा बन्न र पदिय मर्यादा कायम राख्न आग्रह,नत्र राजिनामा दिन माग

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७७ · 0
कांग्रेस नेताको चेतावनीः राष्ट्रपतिलाई सबैको साझा बन्न र पदिय मर्यादा कायम राख्न आग्रह,नत्र राजिनामा दिन माग
160
SHARES
ShareTweet

ज्ञानेन्द्रलाई पर्दापछाडीवाट षडयन्त्र नर्गन हिम्मत भए दल दर्ता गरि मैदानमा आउन कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको चेतावनी
बुटवल २९ मंसिर
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा सरकारविरुद्ध भैरहवामा सोमबार विरोध प्रदर्शन गरिएको छ । हजारौको संख्यामा सहभातिा रहेको विरोध पदर्शनीमा सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासन सम्बन्धमा नारावाजी गरिएको थियो ।
भैरहवाको बुद्धचोकबाट निस्केको विरोध ¥याली नयाँसडक, देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागि कांग्रेसका नेता कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाएका थिए ।
सभामा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सरकारका गलत क्रिर्याकलापका कारण सडकमा गणतन्त्र विरोधी नारा लाग्न थालेको बताउनु भयो ।
उहाँले वर्तमान व्यवस्था विरुद्ध नभई सरकार विरुद्ध सडकमा नारावाजी भएको भन्दै आम जनता र सरकारलाई सुनाउन नेपाली कांग्रेसले विरोध सभा गरेको स्पष्ट पार्नु भयो ।
पूर्व राजा ज्ञानेन्द्रलाई पर्दा पछाडीवाट षडयन्त्र नर्गन चेतावनी दिदै नेता पाण्डेले हिम्मत भए दल दर्ता गरेर खुल्ला राजनीतिमा आउन आह्वान समेत गर्नु भयो ।
राष्ट्रपति विद्या देवि भण्डारीलाई सबैको साझा हुन माग गदै उहांले नेकपाको राजनीति गर्ने भए राजिनामा दिएर राष्ट्रपति पदको गरिमा बचाउन आह्वान गर्नु भयो । नेता पाण्डेले प्रहरी प्रशासन र कर्मचारीलाई नेकपाको सति नजान भन्दै कानुनको पालना गर्न चेतावनी समेत दिनु भयो ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले जनताले तिरेको करमा भष्ट्राचार मौलाएकोले नेपाली काग्रेसले त्यसको विरुद्ध आन्दोलन गर्नु परेको बताउनु भयो । सभापति शाहले सरकारले हरेक क्षेत्रमा कमजोरी गरेको जनजिविकाको सवालमा गम्भिर नभएको,केवल भष्ट्राचारमा मात्र केन्द्रित भएको भन्दै कम्युनिष्टको सरकारले अन्तराष्ट्रिय रुपमै नेपालको बेईजेति कमाएको दावि गर्नु भयो ।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, कांग्रेस रुपन्देही उपसभापति सरिता चौधरी, क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्री र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले आम नागरिकको कृषि, स्वास्थ्य ,शिक्षाको दाईत्ववाट सरकार पंन्छिएको केवल भष्ट्रचारमा मात्र केन्द्रित भएको धारणा राख्नु भएको थियो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा जारी प्रथम पुरुष भलिबलको वडा नम्बर २ र ४ फाइनलमा भिड्ने

Next Post ≫

पुरुष भलिबलको उपाधि वडा नम्बर ४ को कब्जामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क