Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुरुष भलिबलको उपाधि वडा नम्बर ४ को कब्जामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुरुष भलिबलको उपाधि वडा नम्बर ४ को कब्जामा

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७७ · 0
पुरुष भलिबलको उपाधि वडा नम्बर ४ को कब्जामा
80
SHARES
ShareTweet

बुटवल ३० मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । मंगलबार भएको फाइनलमा वडा नम्बर २ लाई ३–२ सेटमा पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो ।
उपाधिसँगै वडा नम्बर ४ ले नगद ५० हजार, गोल्डमेडल तथा प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको वडा नम्बर २ ले ३० हजार नगदमा चित्त बुझाएको छ ।
त्यस्तै मंगलबारै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा वडा नम्बर ८ ले वडा नम्बर १ लाई ३–२ सेटले हराएको छ । उसले नगद २० हजार हात पारेको छ ।
प्रतियोगितामा विधागत बेस्ट डिफेन्सतर्फ वडा नम्बर ४ का शिवराज गलामी, बेस्ट सर्भर वडा नम्बर २ का प्रेमबहादुर भण्डारी, बेस्ट सेटरमा वडा नम्बर ४ का प्रकाश फाल, बेस्ट स्पाइकरमा वडा नम्बर २ का एलिस थापा, बेस्ट ब्लकर वडा नम्बर १ का वेष्टर्न थापा, बेस्ट प्लेयर वडाद नम्बर ४ का सुरज खत्री र सबैभन्दा अनुशाषित खेलाडीमा वडा नम्बर ८ का दिपेश थापा घोषित भएको नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।
नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको हो । प्रतियोगितामा विजेतालाई नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
प्रतियोगिता समापनका अवसरमा वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल, यसैगरी गर खेलकूद विकास समिति सदस्य दिपक खनाल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने दिपक खनालले जानकारी दिए ।
यसैबीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।
यसैगरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिए ।
यस्तै वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए । स्वास्थ्यका लागि खेलकूद ः राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको हो ।

≪ Previous Post

कांग्रेस नेताको चेतावनीः राष्ट्रपतिलाई सबैको साझा बन्न र पदिय मर्यादा कायम राख्न आग्रह,नत्र राजिनामा दिन माग

Next Post ≫

बेरुजु फछ्र्योट सम्बन्धी बिबरण उपलब्ध गराउन मन्त्रालयलाई लुम्बिनी प्रदेश लेखा समितिको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क