Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बेरुजु फछ्र्योट सम्बन्धी बिबरण उपलब्ध गराउन मन्त्रालयलाई लुम्बिनी प्रदेश लेखा समितिको निर्देशन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बेरुजु फछ्र्योट सम्बन्धी बिबरण उपलब्ध गराउन मन्त्रालयलाई लुम्बिनी प्रदेश लेखा समितिको निर्देशन

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७७ · 0
बेरुजु फछ्र्योट सम्बन्धी बिबरण उपलब्ध गराउन मन्त्रालयलाई  लुम्बिनी प्रदेश लेखा समितिको निर्देशन
130
SHARES
ShareTweet

बुटवल,३० मंसिर
लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले शुक्रबार सम्म बेरुजु फछ्र्योट सम्बन्धमा भएको प्रगति बिबरण लिखित रुपमा उपलब्ध गराउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
प्रदेश मन्त्रालयका सचिवहरु समेतको उपस्थितिमा मंगलबार बसेको बैठकमा समितिले उक्त निर्देशन दिएको हो ।
महालेखा परीक्षकको कार्यालयले औल्याएको बेरुजु सम्बन्धमा छलफल गर्न मंगलबार बोलाइएको मन्त्रालयका सचिब सहितको बैठकमा सचिबहरुले बेरुजु फछ्र्योट सम्बन्धी मौखिक रुपमा मात्रै बिबरण प्रस्तुत गरेपछि शुक्रबारसम्ममा बेरुजु फछ्र्योट सम्बन्धी प्रगति बिबरण लिखित रुपमै उपलब्ध गराउन समितिले सचिबहरुलाई निर्देशन दिएको हो ।
समितिका सभापति डिल्लीबहादुर चौधरीले महालेखा परीक्षकको कार्यालयले औल्याएको प्रदेश मन्त्रालय र मातहतका कार्यालयहरुको बेरुजु फछ्र्योटको अवस्था र आगामि दिनमा बेरुजु नहुने गरी काम गर्ने बिषयमा मन्त्रालयको योजना बारे छलफल गर्न सचिबहरुलाई समितिमा बोलाइएको जानकारी दिनु भयो ।
बैठकमा मन्त्रालयका सचिबहरुले बेरुजु फछ्र्योटको बिबरण मौखिक रुपमा पेश गरेकोले आगामि शुक्रबारसम्ममा समितिलाई लिखित रुपमै बिबरण उपलब्ध गराउन मन्त्रालयका सचिबहरुलाई निर्देशन दिएको सभापति चौधरीले बताउनु भयो ।
मन्त्रालयले बेरुजु फछ्र्योटको बिबरण उपलब्ध गराएपछि आगामि सोमबार र मंगलबार पुन बैठक बसेर थप निर्देशन दिने पनि उहाले बताउनु भयो ।
प्रदेश सरकार नयाँ संरचना भएकोले बेरुजु नहुनेगरी काम गर्नुपर्ने भन्दै बैठकमा समितिका सदस्यहरुले संघीय सरकार अन्तरगतका मन्त्रालयहरुमा बिगत लामो समयदेखि बेरुजु रहे पनि प्रदेशले बेरुजु नरहनेगरी काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
संघीयता बिरोधीहरुले प्रदेशलाई अनावस्यक र बोझको रुपमा चित्रित गर्ने प्रयास गरेकाले पनि प्रदेशले बेरुजु नरहनेगरी काम गर्नैपर्ने चुनौती खडा भएको उहाँहरुको भनाई थियो ।
समितिका सभापति चौधरीको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य कूल प्रसाद पोखरेल,पावती पुन,वसीउद्दीन खाँ,गीता थपा,बिष्णु पन्थी,युवराज खनालले मन्त्रालयहरुद्धारा सञ्चालित कतिपय कार्यक्रमहरुमा अनियमितता देखिएको भन्दै बिगतमा भएका कमिकमजोरीहरु सच्याउदै आगामि दिनमा पारदर्शी रुपमा काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिब भरतमणी सुवेदी,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारी,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब रबिलाल पन्थ,सामाजिक विकास मन्त्रालयका सचिब महादेव पन्थ,भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब सुशिलचन्द्र तिवारी,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिब राजेन्द्र केसी,प्रदेश लेखा नियन्त्रण कार्यालय प्रमुख दीपक ज्ञवाली,भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले आ आफ्नो मन्त्रालय तथा मातहतका कार्यालयहरुमा रहेको बेरुजु र फछ्र्योटमा भएको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित योजना तथा कार्यक्रमहरुको ९४ करोड ७३ लाख ७२ हजार रुपयाँ बेरुजु रहेको औल्याएको थियो ।

≪ Previous Post

पुरुष भलिबलको उपाधि वडा नम्बर ४ को कब्जामा

Next Post ≫

अर्थमन्त्री विष्णु पौडेल गृह जिल्लामा शिलान्यास र निरीक्षणमा व्यस्त वजेट अभाव हुन नदिने दावि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क