Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अर्थमन्त्री विष्णु पौडेल गृह जिल्लामा शिलान्यास र निरीक्षणमा व्यस्त वजेट अभाव हुन नदिने दावि
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्थमन्त्री विष्णु पौडेल गृह जिल्लामा शिलान्यास र निरीक्षणमा व्यस्त वजेट अभाव हुन नदिने दावि

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७७ · 0
अर्थमन्त्री विष्णु पौडेल गृह जिल्लामा  शिलान्यास र निरीक्षणमा व्यस्त वजेट अभाव हुन नदिने दावि
150
SHARES
ShareTweet

बुटवल ३० मंसिर
अर्थमन्त्री विष्णु पौडेल आफनो गृह जिल्ला रुपन्देहीमा मंगलवार आधा दर्जन कार्यक्रममा सरकि हुदै आयोजनाका लागि वजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
अर्थमन्त्री पौडेलले मंगलवार गृह जिल्लामा बुटवलको कालिकापथमा निर्माणाधिन सडकको निरीक्षण, कान्ति स्कुलको भवन शिलान्यास, सैनामैनामा निर्माणाधिन चक्रपथ निरीक्षण ,राजश्व कार्यालय अनुगमन, तिलोत्तमामा रहेको कुन्जपार्क निरीक्षण र मानव सेवा आश्रम तिलोत्तमाको भवन शिलान्यासमा दिनभरी व्यस्त हुनु भएको हो ।
अर्थमन्त्री पौडेलले हरेक कार्यक्रममा सम्बोधन गदै जिल्लामा निर्माणाधिन परियोजनामा वजेट अभाव हुन नदिने प्रतिवद्धता दोहोराउनु भएको छ ।
स्कुलको भवन शिलान्यास ,सडकको निरीक्षण लगायतका भौतिक पूर्वाधारमा वजेट अभावमा आयोजना अधुरो हुन नदिने भन्दै निकै लोकप्रिय भाषण गर्नु भएको थियो ।
जवकी बुटवलको कालिकापथमा निर्माणाधिन सडक वजेट अभावले गदा विगत लामो समय देखि अलपत्र सरह पुरै धुलाम्बे अवस्थामा रहेको छ ।
सडक किनाराका वासिन्दाले सडकको कालोपत्रे गर्ने वजेटको व्यवस्था विना भत्काईएकोमा निक्कै चिन्तीत भएको गुनासो गरेका छन ।
सडक विस्तार र नालीको काम भएको उक्त सडकमा नालीको लागि मात्र वजेट भएको र अरु वांकी काम क्रमिक रुपमा वजेट व्यवस्था भए संगै निर्माण गरिने स्थानिय जनप्रतिनिधीले बताउदै आएका छन ।
तथापी अर्थमन्त्री पौडेलले हरेका आयोजनामा वजेट अभाव हुन नदिने भन्दै निर्धारित समयमा आयोजना सम्पन्न गर्न आग्रह समेत गर्नु भयो ।
सैनामैनामा नेपालकै सबै भन्दा लामो ५४ किलो मिटर चव्रmपथको निरीक्षण गदै अर्थमन्त्री पौडेलले आयोजनाका लागि बजेटको चिन्ता नर्गन आग्रह गर्नुभएको छ ।
सैनामैना नगरपालिकाकोे वडा नं १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिब २० किलोमिटर उत्तरतर्फ र दक्षिणतर्फ ७ किलोमिटर चक्रपथको स्थलगत निरीक्षण गर्दै पौडेलले सैनामैना चक्रपथको आयोजना निर्माणका लागि सरकारले बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो – ‘संघीय सरकार र प्रदेश सरकारबीच छलफल गरी बजेटको प्रबन्ध मिलाउँछौ, बजेटको पाटोमा तपाईहरु चिन्ता कम गर्नुुस्,, खासगरी कार्यान्वयनको पाटोमा ध्यान दिनुस् र तोकिएको समयमा आयोजना सम्पन्न गर्ने किसिमले काम गर्नुस् । ’
स्थलगत निरिक्षणका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि, प्रदेश सभा कुल ५७ करोड १२ लाख लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीबताउनु भयो ।
नगरपालिकाको वडा नं ११ मा पर्ने क्षेत्रको चक्रपथ सडकको दुई किलोमिटर सडक कालोपत्रे भएको छ ।
सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र करिव १३० कल्भर्ट र ८ पुल निर्माण हुनेछन् । जसमा सुखौरा पूल, तुल्बुलिया पूल, कन्चन खोला पूल र पहिला खोल पूल, प्रदेश सरकारबाट बजेट विनियोजन गरेर ४४ करोड ५० लाखको ठेक्का प्रक्रिया भएर सम्झौताको क्रममा रहेका छन् ।

≪ Previous Post

बेरुजु फछ्र्योट सम्बन्धी बिबरण उपलब्ध गराउन मन्त्रालयलाई लुम्बिनी प्रदेश लेखा समितिको निर्देशन

Next Post ≫

अलगअलग घटनामा रुपन्देहीमा २ जनाको मृत्य, ५६ गोरु सहित ३ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क