Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रुपन्देहीको तिलोत्तमा जारी प्रथम पुरुष भलिबलको वडा नम्बर २ र ४ फाइनलमा भिड्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमा जारी प्रथम पुरुष भलिबलको वडा नम्बर २ र ४ फाइनलमा भिड्ने

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७७ · 0
रुपन्देहीको तिलोत्तमा जारी प्रथम  पुरुष भलिबलको  वडा नम्बर २ र ४ फाइनलमा भिड्ने
150
SHARES
ShareTweet

बुटवल , २९ मंसिर ।
तिलोत्तमा नगरपालिकामा जारी प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि वडा नम्बर २ र ४ बीच प्रतिष्पर्धा हुने भएको छ ।
सोमबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर १ लाई ३–शुन्यको सोझो सेटमा र दोस्रो सेमिफाइनलमा वडा नम्बर २ ले ८ लाई ३–शुन्यको सोझो सेमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि भने वडा नम्बर १ र ८ बीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको फाईनल प्रतिष्पर्धा मंगलबार दिउँसो २ बजेदेखि र तेस्रो स्थानको लागि मंगलबार बिहान साढे ११ बजेबाट खेल हुनेछ ।
यसअघि सोमबार भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर ६ लाई ३–शुन्यको सोझो सेटमा र वडा नम्बर २ ले ११ लाई पनि ३–शुन्यको सोझो सेटमा हराएको थियो । यसअघि आइतबार भएका खेलमा वडा नम्बर २ ले १० लाई ३–शुन्यको सोझो सेटमा हराएको थियो भने आइतबारको दोस्रो खेलमा वडा नम्बर ४ ले ९ लाई ३–शुन्यको सोझो सेटमा हराएको थियो । त्यस्तै अर्को खेलमा वडा नम्बर ८ ले वडा नम्बर ७ लाई ३–१ को सेटमा हराएको थियो ।
नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको हो । प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।
यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने संयोजक गुरुङले बताए । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने दिपक खनालले जानकारी दिए ।
यसैबीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।
यसैगरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिए ।
यस्तै वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए । स्वास्थ्यका लागि खेलकूद ः राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको हो ।

≪ Previous Post

राष्ट्रिय खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

Next Post ≫

कांग्रेस नेताको चेतावनीः राष्ट्रपतिलाई सबैको साझा बन्न र पदिय मर्यादा कायम राख्न आग्रह,नत्र राजिनामा दिन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क