Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ राष्ट्रिय खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७७ · 0
राष्ट्रिय खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
80
SHARES
ShareTweet

मंसिर २९, सैनामैना
प्रथम सैनामैना राष्ट्रिय खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लव काठमाण्डौँले हात पारेको छ । सैनामैना ब्याडमिन्टन क्लवको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लव काठमाण्डौलाई सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
त्रिभुवनका प्रफुल महर्जन र रुकेश महर्जनको टिमले उपाधि सँगै रु.५१ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेको छ । नेपाल पुलिस क्लव काठमाण्डौँले भने उपविजेतामै चित्त बुझाएको छ । पुलिसका जिवन आचार्य र सुनिल जोशीको टिमले ३५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
त्यसैगरी त्रिभुवन आर्मी क्लव काठमाण्डौँका दिवस शंकर , भोज बहादुर गुरुङ्गको टिम र बुटवल ब्याडमिन्टन क्लवका विश्वास नेपाल र गणेश रायमाझीको टिमले प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुले २०÷२० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको सैनामैना ब्याडमिन्टन क्लवका अध्यक्ष नन्द बहादुर थापाले जानकारी दिए ।
भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि चितवन ब्याडमिन्टन क्लवले जितेको छ । गुल्मीका नवराज श्रेष्ठ र कृष्ण राना सँग फाइनल प्रतिस्पर्धामा मैदानमा उत्रिएका चितवनका कमल राना र बुद्धि चौधरीको टिमले उपाधि जितेको हो । उपाधि सँगै चितवनले रु.३० हजार सँगै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको क्लवले जनाएको छ । उपविजता गुल्मीले २० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।
त्यसैगरी चन्द«ागिरी ब्याडमिन्टन क्लव काठमाण्डौँका हरि खत्री , पुरण श्रेष्ठ र बुटवल ब्याडमिन्टन क्लवका अर्जुन कार्की , गोपाल टण्डनको टिमले तृतिय स्थान हासिल गर्दै रु.१५÷१५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टिमहरुलाई एक कार्यक्रमका बिच पुरस्कार समेत वितरण गरिएको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिनु भयो ।

≪ Previous Post

प्रथम तिलोत्तमा नगरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु

Next Post ≫

रुपन्देहीको तिलोत्तमा जारी प्रथम पुरुष भलिबलको वडा नम्बर २ र ४ फाइनलमा भिड्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क