Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल व्यवस्थापन तालिम दिने संस्था मापदण्ड अनुसार चल्नुपर्नेमा जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल व्यवस्थापन तालिम दिने संस्था मापदण्ड अनुसार चल्नुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७७ · 0
होटल व्यवस्थापन तालिम दिने संस्था मापदण्ड अनुसार चल्नुपर्नेमा जोड
90
SHARES
ShareTweet

बुटवल,२६ मंसिर । सम्बन्धित सरकारी निकायमा दर्ता र स्वीकृति लिएर मात्र होटल व्यवस्थापन तालिम दिनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय ठूला लगानीका स्तरीय होटेल तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढेसंगै होटेल व्यवस्थापन तालिम दिने संस्थाहरु खुल्ने क्रम पनि बढेको र कतिपय संस्था विना दर्ता सञ्चालन र मापदण्ड विपरितका तालिम दिने गरेकाले त्यसलाई रोक्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
होटेल व्यवस्थापन तालिम दिंदै आएको डायनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल टे«निङ प्रा.लि.ले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको भूमिका विषयमा आयोजना गरेको भर्चुअल छलफलमा सहभागि वक्ताहरुले विना दर्ता तालिम सञ्चालन गर्ने संस्थालाई सरकारी निकायले कारवाहीको दायरामा ल्याई यो व्यवसायलाई मर्यादित र स्वच्छ बनाउनुपर्ने बताए । होटेल व्यवस्थापन तालिम जनस्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय भएकाले तालिम प्रदायक संस्थाहरुको कडाईका साथ नियमन र प्रभावकारी अनुगमन हुनुपर्नेमा पनि सरोकारवालाले जोड दिए ।
भर्चुअल छलफलपछि डायनामिकको बुटवल शाखा कार्यालयमा भएको औपचारिक कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटन उद्योग रहेको र होटेल तथा रेष्टुरेष्टहरु यसका अभिन्न पाटो भएकाले यो क्षेत्रमा रोजगारीको प्रचूर संभावना भएको बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी आदिका कारण रुपन्देहीमा होटेल व्यवस्थापन तालिम लिने जनशक्ति बेरोजगार बस्नु नपर्ने उहांले दावी गर्नुभयो । डायनामिकका एकेडेमिक हेड राजेन्द्र तिमिल्सिनाले तालिम लिनु अघि सम्बन्धित क्षेत्रमा समर्पित हुने अठोट लिनुपर्ने धारणा राख्नुभयो । डायनामिकका प्रबन्ध निर्देशक अरुण मैनालीले संस्थाले दक्ष प्रशिक्षकबाट गुणस्तरीय तालिम दिएकाले सातौं वर्ष सफलताका साथ पूरा गरेको र हालसम्म तीन हजार बढी प्रशिक्षार्थीलाई सशुल्क र निशुल्क तालिम दिइएको जानकारी गराउनु भयो । उहांले संस्थाले हालै मात्रै वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम र प्रमाणपत्र दिन पाउने गरी पनि स्वीकृति पाप्त गरेको बताउनु भयो । भर्चुअल छलफलमा सीटीईभीटीका सदस्य सचिव डा. पुष्प रमण वाग्ले, पुर्व सदस्य सचिव डा. रामहरि लामिछाने, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष सतिश अधिकारी लगायतका वक्ताले होटेल व्यवस्थापन तालिम दिने संस्थाहरुले सम्बन्धित निकायबाट सम्बन्धन लिएर मापदण्ड अनुसारको तालिम दिनुपर्ने, शुल्कमा एकरुपता ल्याउनुपर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने कुरामा जोड दिनुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने

Next Post ≫

रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क