Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७७ · 0
तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने
90
SHARES
ShareTweet

बुटवल,२६ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा आइतबारदेखि प्रथम तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजक तिलोत्तमा नगर खेलकुद विकास समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा नगर भित्रका १० टिमको सहभागीता रहने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

एक वडाबाट एक टिमले मात्रै सहभागीता जनाउन पाउने प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि ५ लाख खर्च अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी वैशाखसम्म गरिने विभिन्न ९ वटा प्रतियोगिता आयोजना गर्न लागेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनु भयो ।

मंसिरमा भलिबल प्रतियोगिता, पुस महिनामा व्याटमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल तथा माघ महिनामा उप मेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

यसैगरी माघ महिनामै मेयर कप रनिङ्ग सिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिता,फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

नगरपालिकाले यसै आर्थिक वर्षको वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वर्षभरी सञ्चालन गरीने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उप मेयर जगेश्वरी देवी चौधरीले बताउनु भयो ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको उप मेयर चौधरीले जानकारी दिनु भयो ।

≪ Previous Post

मंसिर २९ मा सरकारको सर्वसत्तावाद विरुद्ध काँग्रेसको प्रदर्शन : सभापति देउवाले मकवानपुर र पौडेलले काठमाण्डौमा सम्वोधन गर्ने

Next Post ≫

होटल व्यवस्थापन तालिम दिने संस्था मापदण्ड अनुसार चल्नुपर्नेमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क