Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मंसिर २९ मा सरकारको सर्वसत्तावाद विरुद्ध काँग्रेसको प्रदर्शन : सभापति देउवाले मकवानपुर र पौडेलले काठमाण्डौमा सम्वोधन गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मंसिर २९ मा सरकारको सर्वसत्तावाद विरुद्ध काँग्रेसको प्रदर्शन : सभापति देउवाले मकवानपुर र पौडेलले काठमाण्डौमा सम्वोधन गर्ने

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७७ · 0
मंसिर २९ मा सरकारको सर्वसत्तावाद विरुद्ध काँग्रेसको प्रदर्शन : सभापति देउवाले मकवानपुर र पौडेलले काठमाण्डौमा सम्वोधन गर्ने
170
SHARES
ShareTweet

काठमाडौं, २६ मंसिर
केपी ओली सरकारको सर्वसत्तावादका बिरुद्ध प्रदर्शनको तयारी गरेको नेपाली कांग्रेसले देशका प्रमुख १० शहरमा सम्बोधन गर्ने १० नेता र १० नारा तय गरेको छ ।
यही मंसिर २९ गते हुने बिरोध सभालाई संबोधन गर्न पार्टी सभापति सेर बहादुर देउवा मकवानपूर र बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
देशैभर हुने प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाएको हो । शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुने जनाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम तय भएको छ ।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ ।
‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् ।
प्रदर्शनमा केन्द्रले तोकेकाबाहेक अरू नारा लगाउन नपाइने कांग्रेसले जनाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रम अनुसार पुल उद्घाटन गर्ने क्रममा प्रशासन र नेकपाले अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
सरकार सर्वसत्तावादको बाटोमा गएको कांग्रेसको आरोप छ । भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा पनि कांग्रेसको विरोध छ ।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउदै आएको छ ।
गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच सरकार बिरुद्ध प्रदर्शन गर्न लागेको हो ।

≪ Previous Post

राजावादीहरुको रुपन्देहीमा बृहत प्रदर्शन,

Next Post ≫

तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क