Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘उपभोक्ताको अपनत्वका कारण सामुदायिक वनमा हरियाली बढ्यो’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘उपभोक्ताको अपनत्वका कारण सामुदायिक वनमा हरियाली बढ्यो’

संसारपोस्ट संवाददाता · २५ पुष २०७७ · 0
‘उपभोक्ताको अपनत्वका कारण सामुदायिक वनमा हरियाली बढ्यो’
70
SHARES
ShareTweet

देवदह, २५ पुस । सामुदायिक वनका उपभोक्ताहरुले सरकारले वनका उपभोक्ताको हित हुनेगरी उपभोग नीति ल्याउनुपर्ने माग गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको रोहिणी सामुदायिक वनका उपभोक्ताहरुले वनका ढलापडा काठ उपभोक्ताले उपभोग गर्न पाउनुपर्ने माग गर्दै यसका लागि सरकारले उपभोग नीति ल्याउनुपर्ने माग गरेका हुन् ।
रोहिणी सामुदायिक वन उपभोक्ता समितिको छैटौ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले उपभोक्ताहरुको मिहेनतले सामुदायिक वनहरुमा हरियाली बढेको वताए ।
साधारण सभाको शनिबार उद्घाटन गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत बोधराज सुवेदीले सामुदायिक वनबाट उपभोक्ताहरुले नेतृत्व विकाससंगै आयस्तरमा समेत विकास गर्न सफल भएको बताउनुभयो । उहांले सामुदायिक वन प्रति उपभोक्ताको अपनत्वका कारण वनमा हरियाली बढाउन सफल भएको उल्लेख गर्नुभयो ।
समूहका अध्यक्ष चन्द्रबहादुर रसाईलीले प्रकृतिको महत्वपुर्ण सम्पदा वनलाई जोगाउदै आयआर्जन वढाउने हिसावले योजनावद्घ रुपमा अघि बढेको बताउनु भयो । वनमा विगत सात वर्षदेखि वैज्ञानिक वन ब्यवस्थापनको नीति नियम अन्तरगत कार्यसम्पादन भैरहेको वताउनु भयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं १० का वडाअध्यक्ष यकबहादुर सुनार, वडा नं ९ का वडाअध्यक्ष केशवप्रसाद भट्टराई, वनका संस्थापक अध्यक्ष चन्द्र बहादुर क्षेत्री, जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा, बलराम पोखरेललगायतले वोल्दै उपभोक्ताले वन संरक्षणमात्र नभई स्थानीयको आयआर्जन वृद्धि गराउदै सामाजिक विकासमा समेत टेवा दिदै आएको बताउनुभयो । सामुदायिक वनले रिगरोड निर्माणको काम समेत गरेको छ । यस्तै सामुदायिक वनले गरिबी निवारण कार्यक्रम अन्तरगत वनका सदस्यहरुलाई ३ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । वनले घुम्ती शिविर अन्तरगत २४ विपन्न परिवारलाई १५ हजारका दरले ३ लाख ६० हजार रुपैया वितरण गरेको हो । देवदह नगरपालिकाको वडा नं ९ र १० को २ सय ७ दशमलव ४१ हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ । वनमा ४ सय ७३ जना उपभोक्ता रहेका छन् ।

≪ Previous Post

बुटवलमा महायज्ञको आयब्यय ३२ महिनामा सार्वजनिक दान विरले घोषणा गरेको करिब ५८ लाख उठ्न बांकी

Next Post ≫

तेस्रो लाफा खुल्ला ब्याडमिन्टन प्रतियोगिता माघ २३ मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क