Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तेस्रो लाफा खुल्ला ब्याडमिन्टन प्रतियोगिता माघ २३ मा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो लाफा खुल्ला ब्याडमिन्टन प्रतियोगिता माघ २३ मा

संसारपोस्ट संवाददाता · २५ पुष २०७७ · 0
तेस्रो लाफा खुल्ला ब्याडमिन्टन प्रतियोगिता माघ २३ मा
80
SHARES
ShareTweet

बुटवल, २५ पुस । लाफा समूह बुटवलले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ गर्ने भएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित समूहले आगामी माघ २३ र २४ गते दुई दिने प्रतियोगिता गर्ने भएको हो ।
लाफा समूहले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति गठन गरि काम अघि बढेको जानकारी गराएको छ । लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले समूहले आयोजना गर्न लागेको प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भएको दाबी गर्नुभयो । प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । भेट्रान्स तर्फ प्रथमलाई २५ हजार ५ सय ५५, द्धितीयलाई १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ भने प्रतियोगितामा उत्कृष्ट, अनुशासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने अध्यक्ष मगरले वताउनु भयो ।
समूहका संरक्षक बासुदेव लामिछानेले खेलको विकासमा नीजि लगानीमा पुर्वाधार निर्माण गर्ने प्रतिवद्घता जनाउदा समेत स्थानिय सरकारबाट जग्गा उपलब्ध नभएको गुनासो गर्नुभयो । प्रतियोगिता संयोजक ज्ञानु सारुले टप रेकिङभन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताए । दोस्रो संस्करणमा भन्दा टिम बढ्ने आयोजकको अनुमान छ । २०७६ सालमा स्थापित यस लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको संस्था भएको उहांले बताउनु भयो । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको वताउदै उहांले वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको वताउनु भयो ।
पत्रकार सम्मेलनमा सल्लाहकार केशव राना, बबिन थापा, उपाध्यक्ष पुरन गाहाले खेलकुद देशको सान र स्वास्थ्य सम्बन्धित भएकोले यसले राष्ट्रिय भावनाको विकास एवम् आपसी मित्रता तथा सद्भाव वढाउने वताउनु भयो ।

≪ Previous Post

‘उपभोक्ताको अपनत्वका कारण सामुदायिक वनमा हरियाली बढ्यो’

Next Post ≫

मेडिकोफ्युजनको ‘जथाभावी नथुकौं’ अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क