Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा महायज्ञको आयब्यय ३२ महिनामा सार्वजनिक दान विरले घोषणा गरेको करिब ५८ लाख उठ्न बांकी
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा महायज्ञको आयब्यय ३२ महिनामा सार्वजनिक दान विरले घोषणा गरेको करिब ५८ लाख उठ्न बांकी

संसारपोस्ट संवाददाता · २४ पुष २०७७ · 0
बुटवलमा महायज्ञको आयब्यय ३२ महिनामा सार्वजनिक दान विरले घोषणा गरेको करिब ५८ लाख उठ्न बांकी
150
SHARES
ShareTweet

बुटवल २४ पुस
विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि भनी आयोजना गरिएको महायज्ञको आयब्यय ३२ महिना पछि सार्वजनिक गरिएको छ ।
महायज्ञमा दानविरवाट घोषणा गरेको करिब ५८ लाखअसुली हुन बांकी रहेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगति माविको भौतिक र शैक्षिक प्रगतिका लागि भन्दै आयोजना गरिएको महायज्ञको हिसाब किताब विद्यालय ब्यवस्थापन समितिलाई शुक्रवार हस्तान्तरण गरिएको छ ।
पत्रकार सम्मेलन गरि विद्यालय ब्यवस्थापन समितिलाई महायज्ञ मुल समितिका अध्यक्ष जित बहादुर मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सारु, सचिव तथा विद्यालयका प्रअ शिव कुमारी अर्याललाई सामुहिक रुपमा आयब्यय हस्तान्तरण गर्नु भएको हो ।
महायज्ञ आयोजना गर्दादेखि नै एउटा समूहले असहयोग गदै आएका थिए र सोही कारण रकम दिन घोषणा गरेका दान विरहरुले पनि अझै रकम उपलब्ध नगराउदां हिसाव बुझाउन ढिला भएको समेत संयोजक मल्लले बताउनु भयो ।
बिस २०७५ बैशाख २१ देखि २९ गतेसम्म भएको महायज्ञमा दानबिरहरुले नगद, जिन्सी गरि १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैया प्रतिवद्घता गरेकोमध्ये ३६ लाख ५२ हजार २ सय २४ खर्च भएको महायज्ञ मुल समितिका अध्यक्ष मल्लले बताउनु भयो ।
महायज्ञमा प्रतिवद्घता जनाए अनुसार ५७ लाख ९२ हजार ५ सय ५१ रुपैया उठ्न बांकि रहेको छ । बढिमा ५ लाख ७५ हजारसम्म कबोल गरेका दानविरहरुले अझै रकम दिन वाकी रहेको समेत उहाँले बताउनु भयो ।
महायज्ञबाट उठेको रकम मध्ये २२ लाख ११ हजार १ सय ३३ रुपैया विद्यालयलाई प्रदान गरि शिक्षक, कर्मचारीको तलब ब्यवस्थापन गरिएको थियो ।
विद्यालयमा ३ जना करार, ३ जना स्थायी, ४ जना राहत, ४ जना बालबिकास, १ जना मावि लगायत गरि १८ जना शिक्षक कर्मचारी र साढे ५ सय जना विद्यार्थीहरु अध्ययरत रहेका छन । विद्यालयमा आर्थिक अभाव रहेको कारण तलव खुवाउन समस्या रहेको प्रअ शिव कुमारी अर्यालले बताउनु भयो ।
वडा नम्बर ११कीजनप्रतिनिधि माया दर्नालले विद्यालयको स्तरोउन्तिका लागि नगरपालिकाले ४० लाख रुपैयां विनियोजन गरेको बताउनु भयो ।

≪ Previous Post

सरकारी घोषर्णा कार्यान्वयन नभएको भन्दै रुपन्देही उद्योग संघले विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझायो

Next Post ≫

‘उपभोक्ताको अपनत्वका कारण सामुदायिक वनमा हरियाली बढ्यो’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क