Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धौलागिरी सहकारीको साधारण सभा शेयर सदस्यको समृद्धिको आधार सहकारी :पूर्वमन्त्री रज्जाक
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

धौलागिरी सहकारीको साधारण सभा शेयर सदस्यको समृद्धिको आधार सहकारी :पूर्वमन्त्री रज्जाक

संसारपोस्ट संवाददाता · ११ पुष २०७७ · 0
धौलागिरी सहकारीको साधारण सभा शेयर सदस्यको समृद्धिको आधार सहकारी :पूर्वमन्त्री रज्जाक
110
SHARES
ShareTweet

बुटवल ११ पुस
रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थामा मर्जरको व्यबस्था मिलाउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।
शेयर सदस्यता बृद्धिलाई तिब्रता दिएको उक्त सहकारीले मर्जरको बाटो समेत खुल्ला राख्दै समान प्रकृति र उद्देश्यका सहकारी मर्जरको लागि आएमा त्यसको ढोका खुल्ला राखेको हो ।
हाल उक्त सहकारीमा शेयर सदस्यको संख्या १ हजार २७७ पुगेको छ ।
सहकारी सस्थाको शनिबार बुटवलमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले सहकारी मर्जर प्रकृयामा जानुपर्ने भएमा आवश्यकता अनुसार व्यबस्था मिलाउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको सचिव देवप्रसाद खनालले जानकारी दिनुभयो ।
त्यस्तै साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोबिन्द्र खनालले प्रस्तुत गर्नुभएको सहकारीको बहुउद्देश्यीय योजना पुरा गर्न उपयुक्त व्यबसायको खोजी, अध्ययन तथा सञ्चालन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
मासिक नियमित बचत अधिकतम ५ हजारसम्म जम्मा गर्न सक्ने र ऐच्छिक बचतमा ५ लाख रुपैंया सम्म जम्मा गर्न सकिने, सैनामैना समन्वय उपसमिति गठन, संस्थाले आर्थिक वर्ष ०७६÷७७ मा आर्जन गरेको नाफाको १२ प्रतिशत लाभांस वितरण गर्ने, सुत्केरी पौष्टिक आहार कार्यक्रमलाई निरन्तरता दिने, सहकारीले सञ्चालन गरेका बचत योजनाहरुलाई निरन्तरता दिने लगायतका पस्तावहरु पारित भएका छन् । त्यस्तै साधारण सभाले कोषाध्यक्षको आर्थिक वर्ष २०७७।०७८को अनुमानित वजेट, लेखा समिति र ऋण समितिका प्रतिवेदन पारित गरिएको छ ।
साधारण सभामा बोल्दै पुर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सहकारीका माध्यमबाट व्यक्तिको जीवन स्तरमा सुधार गर्न र मुलुकको अर्थतन्त्रमा समेत योगदान गर्न सकिने भएकाले सहकारी समृद्धिको आधार भएको बताउनु भयो ।
उहाँले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सक्ने हो भने त्यसले रोजगारीको सिजर्ना समेत गर्ने भएकाले रोजगारी अभिबृद्धिमा समेत ठुलो योगदान हुने भनाई राख्नुभयो ।
साधारण सभाको अवसरमा सस्थाका शेयर सदस्य मध्येका जेष्ठ शेयर सदस्य राधेश्याम राजभण्डारी र हरिबहादुर आचार्य क्षेत्रीलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै शैक्षिक कार्यक्रममा उत्कृष्ट भएका शेयर सदस्यका छोराछोरीलाई समेत पुरस्कृत गरिएको थियो ।
साधारण सभामा सस्ःथाका संस्थापक अध्यक्ष तथा संरक्षक रामकृष्ण खाँण, सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामराज पोख्रेल, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद पन्थ, पुर्व उपाध्यक्ष लक्ष्मण अर्याल, सिष्टर सोसाईटीकी रिता केसी, संस्थाका उपाध्यक्ष नारायण अधिकारी, लेखा समिति संयोजक ऋषिराम भट्टराई, ऋण उपसमिति संयोजक राजेन्द्रप्रसाद न्यौपाने, राधेश्याम राज भण्डारी सचिव देवप्रसाद खनाल लगायतले सहकारीलाई सफल बनाउन व्यवस्थापकको महत्वपुर्ण भूमिका रहने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सहकारीलाई मन्त्री गिरीको निदेर्शन

Next Post ≫

संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क