Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सहकारीलाई मन्त्री गिरीको निदेर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सहकारीलाई मन्त्री गिरीको निदेर्शन

संसारपोस्ट संवाददाता · ११ पुष २०७७ · 0
उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सहकारीलाई मन्त्री गिरीको निदेर्शन
90
SHARES
ShareTweet

बुटवल ११ पुस
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने गरी अगाडि बढाउनुपर्ने बताउनु भएको छ् ।
सामूहिक विकास बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा–२ शंकरनगरको वार्षिक साधारणसभामा मन्त्री गिरीले सहकारीले गर्ने लगानीलाई उत्पादनमूलक क्षेत्र र कृषिमा लगाउनुपर्ने बताउनु भयो ।
“सहकारीको लगानीबाट आलु, दूध, तरकारी लगायत विभिन्न कृषि वस्तुहरुको उत्पादन बढाउन सकिन्छ, जलविद्युतमा पनि लगानी गर्नु उपयुक्त हुन्छ”– उहांले भननु भयोे । उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एककीकरण हुनुपर्नेमा मन्त्री गिरीले जोड दिनु भयो ।
मन्त्री गिरीले कुनै पनि ऐन कानुन सुविधाका लागि र संस्थालाई अनुशासनमा राख्नका लागि रहेको भन्दै सहकारीसम्बन्धी ऐनले अप्ठेरो पारे त्यसलाई फुकाउन आफूले पहल गर्ने बताउनु भयो । “ऐन सुविधाका लागि हो, यसलाई परिवर्तन गर्न सकिन्छ, सहकारी सञ्चालनमा ऐनले बाधा पु¥याए अप्ठेरो फुकाउन मैले पहल गर्छु”–उहांको कथन थियोे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले थोरै संख्याबाट सुरु भएको सहकारी अहिले हजारौंको संख्यामा सदस्य बढाउन सफल भएको भन्दै आर्थिक समृद्धिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहांले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै सहकारी एकीकरणलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माले संस्थाको शेयर पुँजी २४ करोड६२ लाख ९५ हजार, क्रृण लगानी, एक अर्व ८९ करोड, ७० लाख ५५ हजार ७६५ पुगेको जानकारी दिनु भयो ।

≪ Previous Post

सरकारी सुविधा लिनका लागि पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न होटल व्यवसायी महासंघका अध्यक्ष

Next Post ≫

धौलागिरी सहकारीको साधारण सभा शेयर सदस्यको समृद्धिको आधार सहकारी :पूर्वमन्त्री रज्जाक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क