Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल

संसारपोस्ट संवाददाता · १२ पुष २०७७ · 0
संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल
100
SHARES
ShareTweet

बुटवल, १२ पुस । नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले राजाले गरेको संसद विघटन पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन जसरी पनि स्थापित हुने जिकिर गर्नुभएको छ । विधि विधान र जनभावना विपरित गरिएको संसद विघटन पुर्नस्थापनाको विकल्प नभएको नेता भुसालले स्पष्ट पार्नु भयो ।
नेकपा रुपन्देहीले आईतवार रुपन्देहीको ड्राईभरटोलमा आयोजना गरेको कार्यकर्ता भेलामा वोल्दै नेता भुसालले अदालतले संसद पुर्नस्थापना नगरे जनताको आन्दोलन र विद्रोहले संसद पुर्नस्थापना गरेरै छाड्ने चेतावनी समेत दिनु भयो । विधि विधान र पार्टीको निर्णय नमान्ने केपी ओलीले संसद विघटन गरेर संबिधान च्यात्ने र संबिधानको वर्खिलाप गरेको आरोप उहांले लगाउनु भयो ।
नेता भुसालले संसद पुर्नस्थापना भएमा संबिधानको रक्षा हुने र पार्टी विभाजन पनि रोकिने तर्क गर्दै यदि त्यसो नभएमा मुलुकमा प्रतिगमनकारीले कब्जा जमाउने संकेत गर्नु भयो । स्थानिय तह, प्रदेश सरकार र केन्द्रिय सरकारमा नेकपाको करिव दुई तिहाईको पकड रहेको समयमा संसद विघटन गरेर ओलीजीले संबिधानलाई नै समाप्त पार्ने षडयन्त्र गरेको आरोप उहांले लगाउनु भयो ।
संसद विघटनलाई ओली बाहेक एक जनाले पनि ठिक हो भनेको सुनेको छैन भन्दै नेता भुसालले यो विघटन चुनाव गर्नका लागि पनि होईन र चुनाव हुनेवाला पनि छैन भन्नुभयो ।
भेलामा पूर्व सभामुख तथा नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले भ्रष्टाचार नगर्नुस जनताका काम गर्नुस भन्दा सरकारलाई पार्टीले घेराबन्दी गरेको भन्ने ओलीको कदम निरंकूशतावादी भएको टिप्पणी गर्नु भयो ।
विधि विधान र संबिधान कुल्चने काम भएको छ भन्दै नेतृ घर्तीले यसको भण्डाफोर गर्दै सडकवाट प्रधानमन्त्री नवनाउदांसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो । संसद विघटन भएको समयमा काम चलाउ सरकारलाई मन्त्री परिषद विस्तार गर्ने कुनै अधिकार नै नभएको बताउदै उहांले यसको विरोधमा मुलुकभर सशक्त आन्दोलनको आधिवेहरी निकालिने धारणा राख्नुभयो ।
पार्टीका जिल्ला सचिव नारायण जिसी निर्मलको अध्यक्षतामा भएको भेलामा केन्द्रिय सदस्य वामदेव क्षेत्री घिमिरे, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, हकिउल्लाह खां, खेम लुईटेल लगायतले प्रधानमन्त्री ओलीले चालेको कदमको विरोध गर्नुभएको थियो । त्यसअघि पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा समेत नेता भुसालले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा राख्नुभएको थियो ।

≪ Previous Post

धौलागिरी सहकारीको साधारण सभा शेयर सदस्यको समृद्धिको आधार सहकारी :पूर्वमन्त्री रज्जाक

Next Post ≫

बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क