बुटवल, १२ पुस । बुटवल स्थित कोरोना विशेष अस्पतालबाट भागेका कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिएका छन् । आज विहान अस्पतालबाट भागेका संक्रमित पुरुष दाङको भालुवाङमा रहेको आफ्नै घरमा पुगेको उनका आफन्तले जानकारी गराएका छन् । अस्पतालबाट सौच गर्न जाने बहाना बनाएर शौचालयबाटै फरार भएका उनी सार्वजनिक सवारी चढेर भालुवाङ पुगेको बताईएको छ ।
बुटवलका ५५ वर्षिय पुरुषलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबार कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको थियो । उनी आज विहान शौचालय गएका र शौचालयबाटै जङ्लतिर भागेको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछा गरेपनि राजमार्ग पार गरेर जङ्गल पसेपछि उनलाई नियन्त्रणमा लिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । संक्रमित पुरुष अस्पतालवाट फरार भएपछि थियो । घटनाको जानकारी पाए पछि प्रहरीले उनले तिलोत्तमाको योगिकुटी स्थित एक होटलवाट आफ्नो परिवारलाई फोन गरेको भन्ने जानकारीको आधारमा सो क्षेत्रका केही होटलमा प्रहरीले उनको खोजी गरेको थियो । बिहान ५ बजे सुरक्षाकर्मीहरुले आराम गरिरहेका बेला उनि जङ्गलतर्फ लागेको अस्पतालले जनाएको छ । संक्रमितका आफन्तले भने अस्पतालको लापरवाहीका कारण उनी हराएको आरोप लगाएका थिए ।