Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिण्टन प्रतियोगितामा नवलपुरका सापकोटा र कार्की विजेता बुटवलका पन्थी र तिवारी उपविजेता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिण्टन प्रतियोगितामा नवलपुरका सापकोटा र कार्की विजेता बुटवलका पन्थी र तिवारी उपविजेता

संसारपोस्ट संवाददाता · १२ पुष २०७७ · 0
प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिण्टन प्रतियोगितामा नवलपुरका सापकोटा र कार्की विजेता बुटवलका पन्थी र तिवारी उपविजेता
170
SHARES
ShareTweet

बुटवल, १२ पुस । वाग्लुङ जिल्लाको धनमुढा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधी पुर्वी नवलपरासीको नवलपुरका कृष्णप्रसाद सापकोटा र महेन्द्र कार्कीको टिमले जितेको छ ।
विजेता भएसंगै टिमले ५५ हजार ५५५ रुपैयाँ नगद, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् । उनीहरु रुपन्देहीको बुटवल ब्याडमिण्टन क्लवका लालमणि पन्थी र नारायण तिवारीलाई सोझो सेटमा हराउदै विजेता बनेका हुन् । उपविजेता रुपन्देहीको टिमले ३३ हजार ३३३ नगद, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् । प्रतियोगितामा मणिग्रामका पदम थापा र थमन राना तथा बुटवल तामनगर ब्याडमिण्टन क्लवका रेशम थापा र मनसुुन थापाको टिमले तृतिय स्थान हासिल गरेको छ । उनीहरुले ११ हजार १११ रुपैयां नगद, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी अपिन श्रीपाली र अनुशासित खेलाडीमा वालधर गोदार चयन भै पुरस्कार प्राप्त गरेको प्रमुख एम्पाएर अर्जुन कार्कीले जानकारी गराउनु भयो । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक रामदत्त जोशी र दंगा प्रहरी नियन्त्रण गणका प्रमुख प्रहरी उपरिक्षक विकास खनालले पुरस्कार तथा शिल्ड प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजक संस्थाका सल्लाहकार पदम केसीले बताउनु भयो । बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो ।

≪ Previous Post

बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए

Next Post ≫

ग्यास, पेट्रोल तथा उर्जा व्यवसायीहरुको भेला सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क