बुटवल, १२ पुस । रुपन्देही व्यापार संघमा ग्यास, पेट्रोल तथा उर्जा व्यवसायीहरुको भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले संघको बस्तुगत उपसमिति पुनरगठन गरि नया ग्यांस, पेट्रोल तथा उर्जा बस्तुगत उपसमिति गठन गरेको छ ।
नव गठित उपसमितिको संयोजकमा चुारमणी पौडेल तथा सहसंयोजकमा गंगा पन्थी रहनु भएको छ भने सचिवमा कपिल अधिकारी रहनु भएको छ । समितिको सदस्यहरुमा दिपक अर्याल, नारायण मरासिनी, गणेश पाण्डे र टंक पाण्डे रहनु भएको छ । उपसमितिको सल्लाहाकारमा सहदेव श्रेष्ठ, प्रतिप पन्त र बसन्त गौचन चयन हुनु भएको छ ।
संघको सचिवालयमा भएको भेलामा बोल्दै कार्यक्रमका प्रमुखअतिथि संघका अध्यक्ष यमलाल लोहनीले ग्यास तथा पेट्रोलियम पदार्थको व्यवसाय निकै सम्वेदनशिल व्यवसाय भएका कारण त्यसलाई उपभोक्ताको आवश्यक्तासंग जोडेर काम गर्न आग्रह गर्नु भयो । उहाले व्यवसायीहरुका समस्या समाधान व्यवसायिक एकता र सक्रियताले नै गर्ने हुदा त्यसमा गम्भिर बन्न र व्यवसायमा आएका समस्याहरु विचलित नभएर समस्यासंग जुधेर गर्न आग्रह गर्नु भयो ।
उहांले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्ना समस्या समितिमार्फत राखेमा सम्बन्धित निकायमा लगेर समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यसमिति सदस्य बृन्दा भट्टराईको अध्यक्षता तथा व्यवसायी प्रदिप पन्तको सञ्चालनमा भएको कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारी, सचिव नामदेव पाण्डे, ग्यास व्यवसायी संघका संस्थापक अध्यक्ष सहदेव श्रेष्ठ, सहसचिव फर्सुराम पन्त लगायतले बोल्नु भएको थियो ।