Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ समावेश
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ समावेश

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0
तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ समावेश
110
SHARES
ShareTweet

बुटवल २७ मंसिर
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमाआएको हो ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरण समेत गराएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उप—सचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो ।
दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ ।
पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ ।
स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकोले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताउनुभयो ।
स्थानीय पाठ्यक्रममा सरसफाईसँग सम्बन्धित ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ कोअवधारणलाई पनि समेटिएको छ ।
पूर्णसरसफाई उन्मूख तिलोत्तमा नगरपालिकाले सरसफाईको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिनेगरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।
चकलेट, जंकफूडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधरणा ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ को रहेको छ । यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाईमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।
नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकोमा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।
विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीयपाठ्यक्रम निर्माण गरेको हो ।
समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिएको संयोजक भुसालले बताउनुभयो ।
पाठ्यक्रम निर्माण समितिका सदस्यहरुमा टंकप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्य सचिव शारदा भट्टराई रहनुभएको छ ।

≪ Previous Post

सरकारले दायित्व निर्वाह गर्न नसकेको आरोप

Next Post ≫

बुटवलमा सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको दावि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क