Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको दावि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको दावि

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0
बुटवलमा सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको दावि
80
SHARES
ShareTweet

बुटवल,२७ मंसिर
बुटवलले उपमहानगर पालिकाले प्राथमिकतामा राखेको सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती देखि धान र गहुँको उत्पादन बढाउनेसम्मका कामलाई व्यवस्थित बनाइएको छ ।
सहरी कृषि उत्पादकत्व बढाउने, किसानलाई व्यसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर अनुदानसम्मका कार्यक्रम बुटवलमा सचालित छन् ।
सहरी कृषिमा समर्पित किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर अनुदान दिने र उन्नत जातको बीउ आफै उत्पादन गर्नेसम्मका काम भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनु भयो । सहरी कृषिअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरुमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको उहाँको दाबी छ ।
सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने पहल भइरहेको बताउँदै प्रमुख सुवेदीले कृषि उत्पादनको मागलाई सकेसम्म स्वदेशी उत्पादनले आपूर्ति गर्नेगरि कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
बेमौसमी खेतीमा आधुनिक औजार–मेसिन, उन्नत बीउबिजन, विषादी, मल, थोपा सिंचाई, रसायनिक मलका लागि निर्देशिका नै बनाएर सहकारीमार्फत वितरण, नवीनतम प्रविधि स्थलगत प्रदर्शन गर्नुका साथै किसानमैत्री प्रविधिहरूको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउँदै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनु भयो ।
सहरी कृषि प्रवद्र्धनलाई थप प्रभावकारी गराउने गरि अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बुटवलमा दुईवटा च्याउ पकेट क्षेत्र र धानको बीउ पकेट क्षेत्र निर्धारण गरिएको छ । बुटवलमा च्याउको माग धान्ने गरि र धान खेती हुने ठाउँमा गुणस्तरीय धानको बीऊको माग थेग्नेगरि पकेट क्षेत्र निर्धारण गरिएको छ ।
भिजन कृषि सहकारी संस्था बुटवल–१३ ले सञ्चालन समन्वय समिति नै बनाएर च्याउको उत्पादन गरेको छ । आधुनिक तरिकाले २० वटा डूमहाउस निर्माण गरेर कन्य च्याउको उत्पादन भइरहेको समितिका सचिव तथा उद्यमी महिला अगुवा जमुना पोखरेलले बताउनु भयो ।
यस्तै बुटवलको वडा नं १८ मा पनि व्यवस्थित डूमहाउस निर्माण गरेर कन्यच्याउको उत्पादन गरिएको छ । वडा नं. १८ मा बुटवल जैविक तरकारी उत्पादन कृषक समूह गठन गर्दै च्याउ उत्पादन गरिएको समन्वय समितिका संयोजक खिलेन्द्र पुन मगरले बताउनु भयो ।
यहीँ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन वडा नं. १६ मा रहेको आदर्श कृषि सहकारी मार्फत् चार सय रोपनी भन्दा धेरै क्षेत्रफलमा धानको बीउ उत्पादन गर्नेगरि पकेट क्षेत्र निर्धारण गरिएको थियो ।
जग्गा भएका ठाउँमा व्यवसायिक रुपमै र नभएका ठाउँमा कौसी तरकारी खेती भइरहेको बताउँदै बुटवल उपमहानगरपालिकाका अनुगमन समतिकिा संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले किसानमा प्रोत्साहन जगाउन आफुहरु सफल रहेको दाबी गर्नु भयो ।
बुटवल उपमनगरपालिकाले मुलुकमै पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको सुरुवात गरेको थियो । उपमहानगरले अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक विऊबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाइएको छ । चालु आवका लागि पाँच सय मेट्रिक टन धान र दुई सय ७५ मेट्रिक टन गहुँलाई धितो राखेर किसानले अनुदान लिनेगरि उपमहानगर सहकारीका बीचमा सम्झौता भएको छ ।

≪ Previous Post

तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ समावेश

Next Post ≫

रुपन्देहीमा एकैदिन दुई सय युनिट रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क