Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रुपन्देहीमा एकैदिन दुई सय युनिट रक्तदान
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा एकैदिन दुई सय युनिट रक्तदान

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0
रुपन्देहीमा एकैदिन दुई सय युनिट रक्तदान
60
SHARES
ShareTweet

बुटवल, २७ मंसिर । रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्य सहित स्थापना भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले नियमित रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । समाजले आफ्नो नियमित रक्तदान कार्यक्रम अन्तर्गत आज बुटवलमा ९३ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आजै नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर शाखाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा रुपन्देहीकै देवदह नगरपालिका खैरेनीमा वृहत् रक्तदान कार्यक्रम सहित शोकसभा सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजना, लिम्घा रुपन्देही सम्पर्क समाजको सहआयोजना र बुटवल ४ निवासी टंकप्रसाद ज्ञवाली र पार्वती ज्ञवालीले प्रायोजन गरेको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी गराउनु भयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई लिम्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष परमानन्द भट्टराई, उपाध्यक्ष खिमानन्द भट्टराईलगायतले प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।
यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर शाखाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा रुपन्देहीको देवदह नगरपालिका खैरेनीमा आयोजित शोकसभा तथा बृहत् रक्तदान कार्यक्रममा १०१ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर शाखा रुपन्देहीका आजीवन सदस्य स्वः निरज ढकालको १३ औं दिनको पुण्य स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वः निरजका बुवा नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका पुर्व सभापति तथा उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष गोपाल ढकाल, निरजका दिदिहरु,देवघाट धामका गुरु, निरजका संगै पढ्ने साथी, आफन्त, ईष्टमित्र र शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर शाखाका अध्यक्ष विजय गुरुङको अध्यक्षता, देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यता र यमलाल भट्टराईको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा स्व निरजका बुवा गोपाल ढकालले छोराको अकल्पनीय मृत्युु भएतापनि शोकलाई शक्तिमा बदल्न बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको वताउनु भयो ।
मानिसको मृत्यु भएको १३ औं दिनको पुण्यतिथिमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रम नेपालमै प्रथम कार्यक्रम भएको नेपाल स्वयंसेवी रक्तदाता समाज देवदहका अध्यक्ष विजय गुरुङले बताउनु भयो ।

≪ Previous Post

बुटवलमा सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको दावि

Next Post ≫

पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क