Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा
60
SHARES
ShareTweet

बुटवल, २७ मंसिर । तिनाउ मिसन डेभपलमेन्ट बैंकले पाल्पाको प्रभासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तानसेन नगरपालिका–७ प्रभासमा स्थापना भएको ५४ औं शाखाको बैंकका अध्यक्ष जीवनप्रसाद वझाले उद्घाटन गर्नुभयो । शाखा उद्घाटनका अवसरमा बैंकले स्थानीय सरकारी विद्यालयका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा स्टेशनरी सामान प्रदान गरेको छ भने ९१ वर्षिय जेष्ठ नागरिक मेदनी बल्लभलाई नगद र दोसल्लासहित सम्मान गरेको छ ।
शाखा कार्यालय उद्घाटन गर्दै बैंकका अध्यक्ष वझाले बैंकबाट कर्जा लिएर उद्यम गरी आयआर्जन गर्न र वचत गरेर जुनसुकै माध्यमबाट बैंकबाट लाभ लिन स्थानीयबासीलाई आग्रह गर्नुभयो । सो अवसरमा तानसेन नगरपालिका वडा नंं ७ का अध्यक्ष मुक्तिराम जिसीले बैंकको शाखा कार्यालय स्थापनाले प्रभाससंगै बांसटारी, चुच्चेबारी, मदनपोखरा, माडी लगायतका जनताले बैंकिङ कारोबारको सुविधा पाएको बताउनुभयो । उक्त कार्यक्रम बैंकका सञ्चालक ऋषिराम पाण्डेको स्वागत र प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो । १७ अर्ब ३५ करोड निक्षेप र १३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको तिनाउ मिसन बैंक निकट भविष्यमै ‘क’ वर्गको वाणिज्य बैंक सिटिजन्स बैंकसंग एकीकरण हुने प्रकृयामा छ ।

≪ Previous Post

रुपन्देहीमा एकैदिन दुई सय युनिट रक्तदान

Next Post ≫

लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा ,विदेशी पर्यटक र तिर्थालु नआउंदांसम्म कर्मचारीलाई तलब खुवाउन समेत कठिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क