Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा ,विदेशी पर्यटक र तिर्थालु नआउंदांसम्म कर्मचारीलाई तलब खुवाउन समेत कठिन
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा ,विदेशी पर्यटक र तिर्थालु नआउंदांसम्म कर्मचारीलाई तलब खुवाउन समेत कठिन

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७७ · 0
लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा ,विदेशी पर्यटक र तिर्थालु नआउंदांसम्म कर्मचारीलाई तलब खुवाउन समेत कठिन
160
SHARES
ShareTweet

यमलाल भुसाल
बुटवल २८ मंिसर
भगवान बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिर र परिसर ८ महिना पछि सर्बसाधारणका लागि खुल्ला गरिए पनि पर्यटक आगमनको अवस्था शुन्य सरह रहेको छ । वर्षभरिमा सवैभन्दा बढी पर्यटक आउने महिना मंसिर भएपनि कोरोनाको कहरले गर्दा यो महिना शुन्य सरह रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
विशेष गरि लुम्बिनीमा नोभेम्बर देखि मार्च महिनासम्म पर्यटक तथा तिर्थालु आउने महिना भए पनि कोरोना कहरले यी महिना अवधीमा अन्तराष्ट्रिय नाका ,सीमावत्ति स्थल नाका र नेपालमा लकडाउन हुदां लुम्बिनीमा प्रवेश निषेध भएकाले ठुलो आर्थिक संकट परेको छ ।
सरकारी स्वामीत्वको लुम्बिनी विकास कोष भएपनि सरकारले केवल लुम्बिनीमा भौतिक पूर्वाधार निर्माणका लागि मात्र वजेट उपलब्ध गराउने र अन्य प्रशासनिक तथा चालु खर्च भने विकास कोषले आन्तिरिक आम्दानीबाट व्यवस्था गर्नु पर्ने भएकाले निकै आर्थिक समस्या भएको कोषका सदस्य सचिव सानु राज शाक्यले बताउनु भयो ।
चालु खर्च तर्फ मासिक १ करोड रुपैयां खर्च आउने लुम्बिनी विकास कोषमा ८ महिना सम्म १ रुपैया पनि आम्दानी नहुदां निकै समस्या भएको र कोषमा काम गर्ने ज्याला दारी कर्मचारीलाई महिनामा केवल १५ दिनको मात्र तलव उपलब्ध गराउने गरेको सदस्य सचिव शाक्यले बताउनु भयो । कोषमा दैनिक ज्यालादारी, करार र स्थायी गरि २ सय ६० जना कर्मचारी कार्यरत रहेका छन ।
कोषमा रहेको बांकी मौजाद रकमवाट ८ महिनाको खर्च जेनतेन व्यवस्थापन गरिएको र अवपनि यो अवस्था लम्बिएमा कोषमा आर्थिक संकट उत्पन्न हुने समेत सदस्य सचिव शाक्यले बताउनु भयो ।
लुम्बिनी स्थित मायादेवि मन्दिर खुल्ला भएको २४ दिन वित्दा पनि एक जना पनि विदेशी पर्यटक आउन सकेका छैनन भने रुपन्देही ,कपिलवस्तु र नवलपरासीका मात्र दैनिक ९ सय जति पर्यटक आउने गरेका छन । यी ३ जिल्लाका पर्यटकलाई लुम्बिनी भ्रमण गर्न र निरिक्षण गर्न कुनै शुल्क नलाग्ने भएकाले पनि पर्यटक आएपनि आम्दानी शुन्य सरह नै रहेको कोषका सूचना अधिकारी राजन वस्नेतले बताउनु भयो ।
यही मंसिर ३ गते देखि सर्वसाधारणका लागि लुम्बिनी परिसर खुल्ला गरिएको २१ गते बाट मन्दिर क्षेत्र पनि खुल्ला भएपनि २४ दिनमा केवल रुपन्देही कपिलवस्तु र नवलपरासीका मात्र २२ हजार आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेको सदस्य सचिव शाक्यले बताउनु भयो ।
यस अघि मंसिर ३ गते देखि मायादेवि मन्दिर बाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुल्ला गरिएको थियो ।
त्यसको १८ दिन पछि लुम्बिनी स्थित मायादेवि मन्दिर सर्बसाधारणका लागि खुल्ला गरिए पनि लुम्बिनीमा आउने पर्यटकको चहल पहल खासै बढन नसकेको कोषका सूचना अधिकारी बस्नेतले बताउनु भयो ।
सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यही मंसिर २१ गते आईतवारका दिन लुम्बिनीमा आएर मायादेवि मन्दिर सर्वसाधरणका लागि पनि खुल्ला गरिएको घोषणा गर्नु भएको थियो ।
कोरोना माहामारीका कारण गत चैत्र ११ देखि बन्द रहेको मन्दीर ८ महिना पछि सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर घुम्न दिने भन्दै मन्दिर खुला गरिएको मन्त्री तथा लुम्बिनी बिकास कोषका अध्यक्ष भट्टराईले सोही दिन बताउनु भएको थियोे ।
कोषले मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणहरुले अनिवार्य मास्क प्रयोग गर्नु पर्ने, टेम्पेचर नाप्नु पर्ने ,सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनु पर्ने, भिडभाड नगरी एक पटकमा ८–१० जना मात्र प्रवेश गर्न पाईने व्यवस्था मिलाएको छ ।
लामो समयको बन्दाबन्दीका कारण लुम्बिनी ईतिहासमै यति ठुलो आर्थिक संकटमा परेको पहिलो हो ।
लुम्बिनी मात्र नभई लुम्बिनी क्षेत्रमा रहेका होटल , पर्यटन , टुर एण्ड टाभर्स पसल गर्नेहरु पनि निकै समस्यामा रहेका बताईएको छ । विशेष गरि भारतीय सीमा नाका र अन्तराष्ट्रिय नाका खुल्ला नहुदासम्म लुम्बिनीमा आउने पर्यटक र तिर्थालुहरुको आगमन शुन्य सरह नै रहने र कोषलाई तबसम्म आर्थिक संकट रहिरहने सदस्य सचिव शाक्यले स्पष्ट पार्नु भयो ।
पर्यटक तथा तिर्थालुको भिडभाड नभएकाले र लामो समयको बन्दाबन्दीका कारण लुम्बिनी सफा सुन्दर भएको देखिन्छ ।

≪ Previous Post

पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा

Next Post ≫

लुम्बिनी प्रदेशका ३५ वटा पालिका र भूमि सम्बन्धी समस्या समाधान आयोगसँग कार्य सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क