Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशका ३५ वटा पालिका र भूमि सम्बन्धी समस्या समाधान आयोगसँग कार्य सम्झौता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका ३५ वटा पालिका र भूमि सम्बन्धी समस्या समाधान आयोगसँग कार्य सम्झौता

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७७ · 0
लुम्बिनी प्रदेशका ३५ वटा पालिका  र भूमि सम्बन्धी समस्या समाधान आयोगसँग कार्य सम्झौता
140
SHARES
ShareTweet

बुटवल, २८ मंसिर
भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये ३५ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, आयोगका अध्यक्ष देवी ज्ञवालीको उपस्थितिमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा सम्झौता भएको हो ।
आयोगका तर्फबाट उपसचिव राजेन्द्र प्रसाद अर्याल र सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतका बीचमा कार्यसम्झौता भएको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशका तराईका छ जिल्लाका तीन उपमहानगरपालिका, १७ नगरपालिका र १३ गाउँपालिकासंग कार्यसम्झौता गरेको आयोगका उपसचिव अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष ज्ञवालीले भूमि सम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै समाधान गर्नेगरि आयोग काममा खटिएको भन्दै समन्वय र सहकार्य गर्न पालिकाहरुसंग आग्रह गर्नुभयो । आईतवार प्रदेशका ३३ पालिका र यस अघि रुपन्देहीको कंचन र दाङको बवई गाउपालिकाले सम्झौता गरि सकेका थिए ।

सधैका लागि भूमि सम्बन्धी समस्या समाधान गर्नेगरी अन्तिम पटकका लागि आयोग गठन भएको भन्दै अध्यक्ष ज्ञवालीले असार मसान्त भित्र जग्गाधनी दर्ता प्रमाण पूर्जा बितरण गर्नेगरी काम थाल्न पालिकाहरुलाई आग्रह गर्नु भयो ।

बिगतमा गठित आयोगको कानूनी आधार कमजोर रहे पनि बर्तमान आयोगको कानूनी आधार बलियो रहेको भन्दै उहाँले आफ्नो पालिकामा सधैका लागि भूमि सम्बन्धी समस्या समाधान गर्नेगरी पालिकाहरुले कार्यक्रम र वजेट व्यवस्था गनुपर्नेमा जोड दिनु भयो ।

यसैबीच आयोगसंग कार्यसम्झौता भएसंगै बुटवल उपमहानगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान इकाइ कार्यालय स्थापना गरेको छ ।

इकाईको आइतबार भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

≪ Previous Post

लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा ,विदेशी पर्यटक र तिर्थालु नआउंदांसम्म कर्मचारीलाई तलब खुवाउन समेत कठिन

Next Post ≫

प्रथम तिलोत्तमा नगरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क