Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारले दायित्व निर्वाह गर्न नसकेको आरोप
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरकारले दायित्व निर्वाह गर्न नसकेको आरोप

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0
सरकारले दायित्व निर्वाह गर्न नसकेको आरोप
60
SHARES
ShareTweet

बुटवल २७ मंसिर
कोभिडका कारण नागरिकको जनजीवन प्रभावित भएकाले त्यसलाई सम्बोधन गर्ने गरि सरकारले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कोरोना महामारीपछि थलिएको अर्थतन्त्र, बेरोजगार भएका नागरिक र कोरोना उपचारमा राज्य जिम्मेवारीबाट पन्छिने काम भएको गुनासो समेत नागरिकहरुको छ ।
जागरण मिडिया सेन्टरले रेडियो जागरण र राज्य टेलिभिजनसँगको सहकार्यमा शनिबार बुटवलमा गरेको कचहरी कार्यक्रममा सहभागीहरुले कोरोनाको असर कम गर्ने गरि प्रदेश सरकारले काम गर्नुपर्ने बताइएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले चैतदेखि नै प्रदेश सरकारले नागरिकको जीवन रक्षा गर्ने निर्णय, योजना अघि सारेको दावी गर्नु भयो ।
उहांले प्रदेश सरकारले स्थानीय र संघीय सरकारलाई समन्वय गरेर कोरोना महामारीमा प्रभावकारी काम गरेको जिकिर गर्नु भयो ।
सरकारको आलोचना गर्नलाई गरिएको हो तर आफूहरुले बेरोजगारी समस्या हल गर्न तथा नागरिकलाई उपचारमा सहजता दिलाउने गरि काम गरेको बताउनु भयो । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश सरकारले प्रयास गरेको भएपनि त्यो पर्याप्त भने नरहेको बताउनु भयो । उहांले सरकारले जनताको जीवन सुरक्षा गर्ने सवालमा चुकेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ –काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङले निर्माण मजदुहरुको अवस्थाबारे सरकार मौन रहेको बताउनु भयो । कोभिड १९ नागरिक सरोकार अभियानका अभियान्ता समुन्द्र जिसिले कोरोनाले दैनिक जीवनयापनमा समस्या आएको तथा व्यवसयाय धारासायी हुँदा पनि सरकारले सहुलियत दिन नसकेको बताउनु भयो ।
जिफन्टका रञ्जु भट्टराई, अधिकारकर्मी सावित्रा घिमिरे, सावि विश्वकर्माले अपाङ तथा दलित र सिमान्तकृत नागरिकको जीवन सबैभन्दा बढि प्रभावित भएको बताउनु भएको थियो ।

≪ Previous Post

रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता

Next Post ≫

तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ समावेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क