ँबुटवल ३० भदौ भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २ हजार रेमडेसिभिर औषधि सहयोग गरेको छ । उक्त औषधी भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको हो । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ । […]