भैरहवा २९ भदौ
राष्ट्रिय बाल दिवसको अवसर पारेर कसौधन महिला समिति रुपन्देही सिद्धार्थ बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
कोभिड–१९ को कारण सबै क्षेत्र मारमा परेको र बाल आश्रममा रहेका बालबालिकाहरुलाई समस्या नहोस भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको आयोजकले बताएका छन । कसौधन सेवा समितिकी अध्यक्ष पूनम कसौधनले २२ हजार बराबरको खाद्यान्न प्रदान गरिएको बताउनु भयो । चामल, दाल, चिनि, बिस्कुट, चिउरा लगायतका सामाग्रीहरु प्रदान गरिएको कसौधनले बताउनु भयो । उहाँले भविष्यमा समेत यस्ता सहयोगले निरन्तरता पाउने बताउनु भयो ।
बालआश्रममा सुरुका दिनमा खाद्यान्नको कमि नरहे पनि बिस्तारै खाद्यान्नकै अभावमा बालआश्रम सञ्चालन गर्न कठिनाई भएको समयमा खाद्यान्न सहयोग गरेर कसौधन महिला समितिले गुन लगाएको आश्रमकी सञ्चालिका कृष्णमाया गुरुङ्गले बताउनु भयो । उहाँले दाताहरुको सहयोग आई रहे पनि कोरोनाकै कारण दुरी अपनाउदा अहिले खाद्यान्न अभाव हुदै गएको दुखेसो गर्नु भयो । आश्रमको भैरहवा केन्द्रमा ११ जना र लुम्बिनीमा ८ जना गरि १९ जना बालबालिका रहेको छन ।
उपाध्यक्ष प्रियंका कसौधनको सञ्चालनमा सम्पन्न भएको खाद्यान्न वितरण कार्यक्रममा कसौधना समाजका सदस्य सुर्य कसौधन, अजय कसौधन लगायतको सहभागीता रहेको थियो ।