जिवराज पौडेल
सूचना प्रविधि भन्नाले ध्वनी,तस्विर,अक्षर तथा अंकको रुपमा सूचनाहरुलाई विद्युतिय यन्त्रहरु कम्प्युटर तथा दुरसञ्चारको प्रविधिको प्रयोग गरि भण्डारण,सम्पादन,सम्प्रेषण सग्रह र प्रवाहलाई चिनिन्छ । यसले मानिसको जिबनमा ठूलो भुमिका निर्वाह गरेको देखिन्छ । २१ औं शताव्दीको युग सूचना र प्रविधिको युगमा परिभाषित भै सकेको छ ।
अवको शिक्षा विश्वव्यापिकरण, प्रतिस्पर्धात्मक तथा आधुनिकताले भरिपूर्ण हुनु जरुरी छ । विश्वका शक्तिशाली राष्ट्रहरु विश्वबजारमा आफ्नो मानव संसाधनलाई कसरी सुरक्षित राख्ने होडमा रहेका छन् । अमेरिका जस्तो शक्तिशाली राष्ट्रले आफ्नो मानव स्रोतलाई परिचालन गर्न तथा गतिशिल राख्न र चीनको प्रविधि संगै मानव संसाधनसंग प्रतिस्पर्दा गर्न असजिलो हुदाँ आप्रवासी रोक्ने चुनावी नितिका कारण डोनाल्ड ट्रम अमेरिकाका राष्ट्र«पति भए । विश्ववजारमा प्रतिस्पर्दा गर्न जापानले आफनो कृषि व्यवस्थामा सुधार ल्याउँन नयाँ कृषि कार्यक्रम सृजना गर्न बाध्य भयो ।
हामी नेपालका नागरिकहरु तथा शिक्षकहरु उही पुराना विधि र पाठ्यक्रम अपनाउदा हाम्रा सन्तति विश्वव जारमा के कति बिक्लान र यी सन्ततिको भविष्य कस्तो हुने होला सोचनिय बिषय रहेको छ । नेपालमा विद्यालय तहमा सूचना संचार र प्रविधिको शिक्षालाई बढवा दिने उद्देश्य राखेता पनि सूचना संचार र प्रविधिको शिक्षा कछुवा गतिमा बामे सर्दैछ । कहिले पुग्ने हो गन्तव्यमा भन्ने कुरा नीति निर्मातालाई नै थाहा छैन । नेपाल सरकारले राखेका लक्ष्य प्राप्तिमा शिक्षाको गतिमा दु्रत विकास गर्नु पर्ने छ ।
हालको कोभिङ १९को बिषम परिस्थितिमा सूचना प्रविधि महत्व अझ बढेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले मिति २०७७÷०२÷१८ मा जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका, २०७७ का अनुसार वैकल्पिक प्रणाली भन्नाले कोभिड १९ वा यस्तै प्रकारको विपद् वा माहामारी जस्ता कारणले पठनपाठन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफ.एम.रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरु, स्वअध्ययन, दुर तथा खुल्ला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन सुचारु राख्ने विधि र प्रक्रियालाई सम्झनु पर्दछ । यस निर्देशिकाले पनि क्ष्ऋत् लाई विशेष जोड दिएको छ । यो वैकल्पिक प्रणालीबाट सिकाईमा सूचना प्र्रविधिको अहम भुमिका हुने कुरामा दुइमत छैन होला । यो वैकल्पिक प्रणालीबाट सिकाईमा अहम भूमिका खेल्नुपर्ने संस्था तथा व्यक्तिहरु चिरनिद्रामा भएको अनुभुति हुन्छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका, २०७७ को दफा १२ देखि दफा २० सम्म व्याख्या गरिएका निकायबाट आप्mनो भूमिका निर्वाह गरि यस सिकाईलाई व्यवहारपरक र विद्यार्थीको पहँुचमा हुने गरि वैकल्पिक सिकाइ नभएको कुरा अकाट्य जस्तो छ । संवैधानिक रुपमा विद्यालय तहको शिक्षाको जिम्मेवारी लिएको निकाय त आप्mनो भुमिकामा अनविज्ञ नै रहेको जस्तो भान हुन्छ ।
वि.स.२०७९ सम्ममा नेपाललाई अल्पविकसितबाट विकासशिल राष्ट्रमा रुपान्तरण तथा वि.स.२०८७ ९ सन २०३०० सम्ममा नेपाललाई समावेशी, समतामूलक एवम् मध्यम आय युक्त समृद्ध कल्याणकारी राज्यका रुपमा स्थापित गराउने दिगो विकास अन्र्र्तगत लक्ष्य निर्धारण गरिएको छ । जुन लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको पूर्ति कसरी हुन्छ ? कस्ता जनशक्तिको आवस्यकता हो ? हाम्रा विद्यालयबाट उत्पादित जनशक्तिबाट यो लक्ष्य प्राप्ति हुन्छ होला वा विदेशबाट आयत गर्न पर्ने हो ? आधुनिक प्रविधिको ज्ञान विनाको जनशक्तिबाट के सम्भव होला ? यी प्रश्नका उत्तरहरु अज्ञात रहेका छन् । हाम्रा विद्यालयबाट उत्पादित जनशक्तिबाट यो लक्ष्य प्राप्ति हुन्छ भन्ने सवालमा शंंका नै रहेको छ यस लक्ष्य प्राप्ति गर्नलाई आधुनिक प्रविधिसंग सिकाईलाई जोडन जरुरी छ । शिक्षामा आधुनिक सूचना र प्रविधिसंगै पाठ्यक्रमलाई जोडी व्यवहारिक, उत्पादनमूलक, आत्मनिर्भर युक्त तथा सिपमूलक दक्ष जनशक्ति बनाउन नसक्ने हो भन्ने मध्यम आय भएको मूलुक होइन यथास्थानमा नै हामी र हाम्रो देश रहने कुरामा कुनै दुईमत रहने छैन् ।
नेपालको संविधानले परिकल्पना गरेको संघिय गणतन्त्रामक राज्य संरचना अनुरुप राष्ट्रको सामाजिक आर्थिक रुपान्तरणका लागि आवश्यक जनशक्ति उत्पादन गर्नका लागि संविधानको धारा ५१ ु ज ु १ मा “शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायियक,सीपमूलक रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने” स्पष्ट उल्लेख गरेको छ । यो संवैधानिक व्यवस्था अनुरुप के कसरी र कहिले सम्म हाम्रो देशले खोजेको जनशक्ति शिक्षाको अवस्था यही नै रहेमा प्र्राप्त हुने कुरा क्षितिजको यात्रा जस्तै हुने देखिन्छ
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले विद्यालय तहमा सूचना प्रविधिको आवस्यक्ता औल्याएको पाइन्छ । यसै प्रारुपबाट सूचना तथा प्रविधिलाई बिषय र शिक्षण सिकाईको माध्यमका रुपमा विकास गर्ने नीति अगाडि सा¥यो आ.व. ०६४÷०६५ देखि सूचना र प्रविधिलाई शिक्षण सिकाईको अभिन्न अंगको रुपमा लिई हरेक बर्षको वजेट भाषण मार्फत प्राथमिक्ता पाउँदै आएको छ । यस आ.व.मा क्ष्ऋत् भ्मगअबतष्यल अन्र्तगत १००० विद्यालयमा क्ष्ऋत् ल्याव स्थापित हुनेछन् ।शिक्षाको राष्ट्रिय निति २०७६ को ४८ मा सूचना तथा संचार प्रविधिलाई शिक्षा प्रणालीको अंगको रुपमा एकिकृत गर्दै विद्यालय तथा शिक्षण संस्थामा प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाई प्रक्रियालाई सूचना प्रविधि मैत्री बनाउँने निति ल्याईएको छ ।
यस्ता निति तथा कार्यक्रम र योजना भएता पनि विद्यालय तहमा रहेका ८२ लाख विद्यार्थीहरु तथा करिब ४ लाख ५० हजार शिक्षकहरुमा सूचना प्रविधि सम्वन्धी ज्ञान, व्यवहारिक प्रयोग र जिवनसँग सूचना र प्रविधिको संयोजन कमै मात्रामा भएको देखिन्छ । यसो हुनुका प्रमुख कारणहरु यसप्रकार हुन सक्छनः
दक्ष प्राविधिक जनशक्तिको अभाव हुनु ।
सूचना प्रविधि मैत्री कक्षाकोठाको व्यवस्थापन गर्न नसक्नु ।
सूचना प्रविधि मैत्री पाठ्यक्रम र पाठय पुस्तक तथा अन्य डिजिटल सामाग्रीको उत्पादन र प्रयोग नहुनु ।
सूचना प्रविधिको प्रयोग गर्न शिक्षकहरुलाई तालिम प्रदान गरी सिप विकास गर्न नसक्नु ,
सूचना प्रविधिको उपयोगको लागि शिक्षकहरुमा जागरुक्ता, लगनशिलता र आफुलाई अद्याबधिक बनाउँन नसक्नु ।
प्र्याप्त लगानी नहुनु ।
राज्यको प्राथमिक्तामा यसलाई नपारिनु ।
यस समस्यालाई समाधान गर्न शिक्षालाई हेर्ने विभिन्न तह र तप्कामा रहेका निकायहरुले निम्न बमोजिम कार्यमा ध्यान दिन सकेमा सिकाईलाई सूचना प्रविधिसँग जोडन तथा हालको कोभिङ जस्तै अन्य माहामारीमा सूचना प्रविधिलाई प्रयोग गरि पठन पाठन र सिकाईलाई निरन्तरता दिन सकिन्छ । विद्यालय तहमा सूचना र प्रविधिको प्रयोगलाई सुनिश्चतता गर्न निम्न युक्तिहरु अवलम्बन हुन सकेमा यो समस्याको निदानमा केही सकरात्मक परिर्वतन आउन सक्ला ः
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विनियोजित रकम ६ अरब राष्ट्रपति शैक्षिक सूचना प्रविधि सुधार कार्यक्रमको नामाकरण गरि उक्त वजेटलाई यो क्षेत्रमा लगानी गर्न सकेमा थप पुर्नवल प्रदान हुने देखिन्छ ।
यस शैक्षिक सत्रमा कोभिडको कारण खर्च हुन नसक्ने रकम मध्यमा दिवा खाजा र स्वयमसेवक शिक्षक परिचालन कार्यक्रममा विनियोजित रकम क्रमश ः ७ अरब ५२ करोड र २ अरव २३ करोड लाई रकमान्तरण गरी क्ष्ऋत् मा लगानी गरेमा यो समस्या समाधान गर्न सजिलो हुनेछ ।
कम्प्युटर ल्याव स्थापनालाई प्राथमिक्ता दिए जस्तै शिक्षकहरु तथा विद्यार्थीहरुको वृत्ति विकासमा अझ बढि प्राथमिक्ता दिनु पर्दछ र्।
आवश्यक्तामा आधारित तालिम तथा अन्य शिक्षकहरुको तालिममा अनिवार्य रुपमा सूचना र प्रविधि सम्बन्धी विषय बस्तु समावेश गर्नुपर्दछ ।
कार्यसम्पादन मूल्याङ्कनको लागि वा शिक्षक वढुवाका लागि अनिवार्य क्ष्ऋत् ज्ञान हुनुपर्ने व्यवस्था हुदाँ कार्यान्वयनमा सजिलो हुन्छ ।
नेपाल सरकार,स्थानिय तह तथा शिक्षकको संयुक्त लगानीमा ल्यापटप तथा डिजिटल सामाग्रीहरु खरिद गर्ने र उक्त सामाग्रीको उत्तरदायित्व सम्पूर्ण रुपमा शिक्षकलाई दिदाँ दिगो हुनेछ ।
दक्ष प्राविधिक जनशक्तिको उत्पादन र सूचना प्रविधि मैत्री कक्षाकोठा व्यवस्थापन गर्न राष्ट्रिय नीति तथा कार्यक्रमलाई कडाइका साथमा कार्यान्वयन गर्नुपर्छ ।
यस बन्दा बन्दी अवस्थामा शिक्षकहरुलाई प्रोत्साहन भत्ता सहित अनिवार्य रुपमा क्ष्ऋत् तालिम र र्भचुल कक्षामा सहभागिता वनाउँदा सिकाईमा सहजता आउँछ ।
सूचना तथा प्रविधिमा विद्यार्थीहरुको सहभागिता वृद्धि गर्न अभिभावकको लगानीमा वृद्धि गर्नु पर्छ ।
सर्वप्रथम त शिक्षकहरुलाई सूचना तथा प्रविधि प्रयोगको लागि शारिरीक तथा मानसिक रुपमा तयार पार्नु पर्दछ । हरेक स्थानिय तहले सूचना र प्रविधिको शिक्षण सिकाईमा प्रयोग गर्ने राम्रा शिक्षकहरुलाई मनोवल उच्च वनाउने कार्यक्रम तथा प्रचार प्रसार गरी अन्य शिक्षकमा पनि उत्प्रेरणा जगाउन सक्नुपर्दछ । इच्छुक शिक्षकलाई यस सम्बन्धी तालिम र डिजिटल सामाग्री दिई मौका दिनुपर्दछ । तालिम कोटा प्रणालीमा नभई अनिवार्य गराई शिक्षकलाई डिजिटल साक्षर बनाउनुपर्छ । शिक्षकलाई इच्छा जगाउने प्रयासले नभएमा वाध्यमा पनि पारिनुपर्छ । नेपाल सरकारले अभियानका रुपमा डिजिटल शिक्षालाई लैजानु पर्दछ । स्थानिय तहले पनि यसमा अहम भूमिका खेल्नु पर्दछ ।
(लेखक पौडेल प्रगती नमुना माध्यमिक बिद्यालय,कञ्चन १,बेलभरिया,रुपन्देहीका निवर्तमान प्रधानाध्यापक हुनुहुन्छ ।)
